लोकतान्त्रिक जेनजी फोरम गठन


     एभरेस्ट आवाज    
     कार्तिक १६ गते २०८२ मा प्रकाशित




लोकतन्त्रप्रति आस्था राख्ने जेनजीहरुले लोकतान्त्रिक जेन्जी फोरम गठन गरेका छन् ।

आइतबार लोकतान्त्रिक विचारमा आस्था राख्ने युवाहरूको भेलाले सुरेन्द्र भण्डारीको संयोजकत्वमा फोरम गठन भएको हो। फोरमका सदस्यमा पोखराका लक्ष्मीप्रसाद पौडेल सहित पुजन चाम्लिङ राई इलाम, रिशा थापा ललितपुर, सरोज विष्ट ,अछाम, विशाल शाही हुम्ला, कुम्भराज सहकारी देउवा कालिकोट, जनक साउद दैलेख, महेन्द्र कुँवर, रमेश न्यौपाने दैलेख, सुनिता मल्ल मुगु, सतेन्द्र यादव, विनोद उपाध्याय धादिङ, निरञ्जन रोहिता धनुषा, रहेका छन्।

राष्ट्रियता, लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, समावेशी, सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, प्रेस स्वतन्त्रता, नागरिक सर्वोच्चता, स्वतन्त्र न्यायपालिकालगायत लोकतन्त्रका मूलभूत आधार स्तम्भलाई जुनसुकै बहानाबाट हुने आक्रमण र षड्यन्त्रलाई चिर्दै लोकतन्त्रप्रति आस्था राख्ने सम्पूर्ण जेन्जी युवाहरूलाई एकीकृत गर्न लोकतान्त्रिक जेन्जी फोरम गठन गरिएको संयोजक भण्डारीले जानकारी दिए ।

लोकतन्त्रलाई थप विकसित र परिष्कृत गर्दै अगाडी बढ्ने आफूहरूको मुख्य उद्देश्य रहेको भण्डारीले बताए ।यसअघि शुक्रबार रक्षा बमको संयोजकत्वमा नेपाल जेन–जी फ्रन्ट गठन भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।