माओवादी केन्द्रको सचिवालय बैठकमा जनार्दन अनुपस्थित


     एभरेस्ट आवाज    
     कार्तिक १६ गते २०८२ मा प्रकाशित




एकिकृत समाजबादीसँग पार्टी एकताको विपक्षमा रहेकामाओवादी केन्द्रका नेता जनार्दन शर्मा आज बसेको सचिवालय बैठकमा अनुपस्थित भएका छन् ।

शनिबार बसेको बैठकमा शर्माले समाजवादीसँगको एकता रोक्नुपर्ने लिखित प्रस्ताव पेस गरेर बैठकबाट बाहिरिएका थिए । सचिवालय बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शर्मा बैठकमा नबसी बाहिरिएपछि अराजकताको संज्ञा दिएका थिए ।प्रवक्ता अग्निप्रसाद सापकोका अनुसार शर्मा आजको बैठकमा उपस्थित नै भएनन्।बैठकमा आन्तरिक संगठनात्मक विषयमा छलफल गरेको छ । सचिवालय बैठकमा केन्द्रीय समितिको बैठक मंगलबार बस्ने निर्णय भएको पार्टी प्रवक्ता सापकोटाले बताए । “संयुक्त भेला, एकीकृत समाजवादीलगायत एकतामा आउनेसँगको बैठक कात्तिक २० गते बस्ने तय भएको छ,” बैठकपछि सञ्चारकर्मीसँग सापकोटाले भने ।

बैठकमा अन्य दलसँगको एकतापछि हुने संगठनात्मकलगायत विषयमा पनि छलफल भएको छ ।देशमा अहिले देखिएको विषम सङ्कटको चुनौतीलाई सामना गर्न बृहत् वामपन्थीबिच एकीकरण हुन लागेको सापकोटाले जिकिर गरे । वामपन्थीबिच एकता र ध्रुवीकरण जेनजी आन्दोलनको भावना विपरीत नभएको उनको भनाइ छ ।प्रवक्ता सापकोटाले २० गते संयुक्त बैठक बसेर एकता घोषणा गर्ने निर्णय भएको जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।