एमालेमा फर्कन नेता झलनाथ खनालले राखे चार वटा सर्त


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०८२ मा प्रकाशित




नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफु एमालेमा फर्कन तयार रहेको बताएका छन् ।

उनले आफूलाई एमालेप्रति माया रहेको र सो पार्टीमा आफ्नो पनि ठुलो योगदान रहेको बताए । नेता खनालले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दे बर्तमान नेतृत्वमा सुस्थिर चिन्तन नरहेको भन्दै,एमाले फर्कन चार वटा वैचारिक सर्त अगाडी सारेका छन् । काठमाण्डौंमा संचारकर्मिसँग कुराकानी गर्दै, उनले आफुले सारेका चारवटा आधारभूत वैचारिक सर्तहरू पुरा भए एमालेमा फर्कन कुनै समस्या नरहेको स्पष्ट पारे ।

नेता खनालले मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने,समाजवादी क्रान्ति र रूपान्तरणको बाटो अपनाउने,नेपाली विशेषताको समाजवादी कार्यक्रम स्वीकार गर्ने र देशी–विदेशी प्रतिक्रियावादविरुद्ध लड्ने संकल्प गरी चारवटा सर्त राखेका छन् । यि सर्तलाई वार्ताको आधार बनाउन सकिने उनको भनाई छ । एकिकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल पक्षले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि पार्टी विभाजित बन्न पुगेको छ ।

सम्मानित नेता खनाल र महासचिव घनश्याम भुषाल पार्टी पुर्नगठनको पक्षमा छन् भने नेतृ रामकुमारी झार्की सहित नेता किसान श्रेष्ठ,डा वंशीधर मिश्र, अमरबहादुर थापा, अर्जुन राई लगायतका एमालेमा फर्कनु पर्ने पक्षमा रहेका छन् ।महासचिव भुषालले माओवादी केन्द्रका संयोजक प्रचण्डसँग भेट गरी पहिला पार्टी पुनर्गठन गरी एकता गर्ने प्रस्ताव राखेका थिए । तर त्यसमा प्रचण्डले सकारात्मक जवाफ नदिएको स्रोतले बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।