नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारको संवैधानिक परीक्षण हुनुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपालले आज काठमाडौँमा आयोजना गरेको संवादमा उनले अदालतमा मुद्दा विचाराधीन रहेकाले सो मुद्दाको फैसला नहुँदासम्म सरकारले निर्वाचनबाहेकका काम गर्न नहुने तर्क गरे ।महासचिव पोखरेलले भदौ २३ र २४ गतेको घटनामा आन्दोलन कम अपराध बढी भएको टिप्पणी गरे । उनले सो आन्दोलन अग्रगमनका लागि नभइ पश्चगमनका लागि भएको आरोप समेत लगाए । निर्वाचनको लागि गठन भएको यो सरकारलाई छ महिनाभित्र निर्वाचन गर्ने ‘म्याडेट’ दिएको बताउँदै उनले निर्वाचनका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिए ।
महासचिव पोखरेलले राज्यमाथि नियोजित रूपमा आक्रमण गर्नेहरूलाई कारबाही गर्नुपर्ने उल्लेख गर्दै प्रहरी प्रशासनको मनोवल उच्च राख्नका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए । उनले जेलबाट भागेका मानिसहरूले दैनिकजसो कुनै न कुनै घटना गराइरहेकाले त्यसतर्फ सरकार सचेत रहनुपर्ने पनि बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






