नेपाली कांग्रेसका नेता देवराज चालिसेले नियमित महाधिवेशनको मिति घोषणा नगरिए विशेष महाधिवेशन हुने बताएका छन् ।
विशेष महाधिवेशनका निम्ति हस्ताक्षर अभियानका अभियन्ता समेत रहेका उनले विशेष महाधिवेशनले पार्टीलाई थप मजबुत बनाउने बताउँदै, केन्द्रिय समितिले नगरे आफुहरुले मिति घोषणा गर्ने बताएका हुन् । काठमाडौंको थापागाउँमा विशेष महाधिवेशन पक्षधरले आयोजना गरेको भेलामा बोल्दै नेता चालिसेले हरेकपटक कांग्रेसले जनताको भावनाको प्रतिनिधित्व गरेको बताए । तर, पहिलोपटक कांग्रेसले जनताको असन्तुष्टिको सामना गर्नुपरेको उनले उल्लेख गरे । चालिसेले ००७ देखि हालसम्म आफूहरू हमेसा विरोध, विद्रोह र व्यवस्था परिवर्तनको वाहक भएको पनि स्पष्ट पारे ।
पार्टी पदाधिकारी जिम्मेवार भएनन् भने हैसियत पनि नरहने चेतावनी दिदैं उनले भने “नेपाली कांग्रेसको पदाधिकारीको पदको इन्सुरेन्स छैन । पद यिनै महाधिवेशन प्रतिनिधिले थेगिदिने हुन् । तपाईं सुध्रिनु भएन भने केही दिनमा यिनै प्रतिनिधिले तपाईंको हैसियत सिध्याइदिन्छन् ।” भेलामा महामन्त्री गगन थापा पक्षधर केन्द्रीय सदस्यहरूसमेत सहभागी छन् ।
विशेष महाधिवेशनको माग गर्दै समुहले असोज २९ गते २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






