पक्राउ परे निकोलस भुसाल


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०८२ मा प्रकाशित




हिंसा भड्काउने अभिव्यक्ति दिएका डा निकोलस भुसाल पक्राउ परेका छन् ।

उनलाई मंगलबार गोरखाबाट प्रहरीले पक्राउ गरेको हो । भुसाललाई गोरखा नगरपालिका वडा नम्बर–८ स्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा प्रहरीसितको सहकार्यमा पक्राउ गरेको हो । उनलाई गोरखाबाट काठमाडौँ लैजाने तयारी गरेको छ ।

यसअघि भुसालले आफूलाई कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिएका बेला समातिएका हुन् । भुसालले सामाजिक सञ्जालमा अराजक अभिव्यक्ति दिएर हिंसा भड्काउन खोजेको भन्दै प्रहरीले निगरानीमा राखेको थियो ।

उनी तीन दिनदेखि प्रहरीको खोजी सूचीमा रहेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।