बयान दिन रवि लामिछाने सिंहदरबारमा


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०८२ मा प्रकाशित




फाईल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जेनजी आन्दोलन छानबिन आयोगले बयान लिने तयारी गरेको छ ।

आयोगलाई बयान दिनका लागि नख्खु कारागारमा रहेका सभापति लामिछानेलाई सिंहदरबारस्थित आयोगकै कार्यालयमा लगिएको छ ।ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले लामिछानेलाई सिंहदरबार पुर्‍याइसकिएको जानकारी दिए। गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा ललितपुरको नख्खु कारागारबाट बाहिर आएको विषयमा बयान लिन लागिएको हो।

जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।