होटेल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथको आयोजनामा यही कात्तिक १६ गतेदेखि पश्चिम नेपालमा सञ्चालन गरिएको ‘जाउँ है बेगनास पोखरा’ कायक्रम सम्पन्न भएको छ ।
पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायत क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवं पर्यटन सम्बद्ध ३७ सदस्यीय प्रतिनिधिमण्डलले पश्चिम नेपालका केही पर्यटन व्यवसायीसँग पर्यटन साझेदारी, पर्यटन प्रवर्द्धनलगायत विषयमा छलफल तथा अन्तरक्रिया गरेको हो । ‘जाउँ है बेगनास पोखरा’ कायक्रमअन्तर्गत बुटबल, बर्दिया, सुर्खेतलगायत जिल्लाका पर्यटन व्यवसायीसँग छलफल गरी उक्त टोली आज पोखरा फर्किएको होटेल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए ।
आन्तरिक पर्यटन प्रवर्द्धनसँगै पर्यटकीय साझेदारी बढाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशको बुटवल र बर्दियाको ठाकुरबाबा नगरपालिका तथा कर्णाली प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय सुर्खेतमा छुट्टाछुुट्टै छलफल एवं अन्तरक्रिया गरिएको पोखरा भ्रमण वर्षका सहसंयोजक दामोदरभक्त थापाले जानकारी दिए । छलफलमा आफूहरूले लेखनाथ क्षेत्रमा रहेका रामसार सूचिमा सूचिकृत बेगनासताल, रुपाताललगायत सात तालसहित यहाँका पर्यटकीय सम्भावनाबारे श्रव्यदृश्य सामाग्री प्रस्तुत गरी त्यहाँका पर्यटन व्यवसायी तथा सम्बद्ध अधिकारीलाई जानकारी गराइएको उनले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्ज, सुर्खेतको काँक्रेबिहार, देउतीबज्यैको मन्दिर, बुलबुले ताललगायत स्थानको प्रवर्द्धनात्मक भ्रमण गर्नुका साथै अनुभव आदानप्रदानसमेत गरिएको एसोसिएसनका महासचिव सुरेश लामिछानेले उल्लेख गरे ।कार्यक्रम नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा भएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






