कास्की ट्राफिक कार्यालय हाताभित्र राखिएको मोटरसाईकल चोरेर प्रयोग गर्ने एक पक्राउ


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०८२ मा प्रकाशित




पोखरा, कात्तिक १९

जिल्ला ट्राफिक प्रहरी कार्यालयको हाताभित्र राखिएको मोटरसाईकल चोरेर प्रयोग गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको हाताभित्र अनुसन्धान तथा कारवाहीका लागि पार्किङ गरेर राखेको मोटरसाईकल जेनजी आन्दोलनका बेला तोडफोड तथा आगजनी गरेको मौका छोपेर चोरीपश्चात प्रयोग गर्दै आएका पोखरा–१७ दोबिल्ला निवासी २४ वर्षिय सुवास तामाङलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

गत भदौ २४ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो । सोहि तोडफोड तथा आगजनीको मौका पारेर तामाङले एमसी२०एईकेजिके००३९३ ईञ्जिन नम्बर र एमबीएलएलडियूएलओकेसिके००२७४ चेसिस नम्बर भएको ग.१६प१४५५ नम्बरको एक्सप्लस २०० सिसीको मोटरसाईकल चोरी भएको थियो ।

सोहि चोरी भएको मोटरसाईकलसहित तामाङलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । पक्राउ परेका तामाङमाथि अनुसन्धान जारी राखिएको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।