पोखरा, कात्तिक २१
पोखरेली गायक रोहनजंग कार्कीको ‘कान्छी २’ गीतको छायाङ्कन सकिएको छ । विराज गौतमको रचना, कम्पोज र एरेञ्ज तथा गायक कार्कीको स्वरमा रहेको सो गीतको छायाङ्कन पोखरा–२२ को पुम्दीभुम्दीस्थित कालाबाङ घरेडी, पुम्दीकोट लगायतका ठाउँमा गरिएको हो । गीतमा जीवन वाग्ले र स्नेहा पैंगी लामाले अभिनय गरेको गायक कार्कीले जानकारी दिए ।
विजय लोहारको परिकल्पना र निर्देशन रहेको भिडियोको सिनेमाटोग्राफीमा नवीन थापा, स्पट व्यवस्थापनमा राहुल बज्राचार्य, ड्रोनमा अभि, मेकअपमा विनिता गुरुङ र लाइटमा हरि पौडेलले साथ दिएको उनले बताए । नवीन वर्कसको प्रस्तुतीमा तयार भइरहेको भिडियोको सम्पादन सकेर केहि दिनमै सार्वजनिक गरिने उनको भनाई छ । गीतको भिडियो केहि दिनमै यूट्यूवमा सार्वजनिक गरिने उनले जानकारी दिए ।
२०७७ सालमा ‘कान्छी’ गीत रेकर्ड गरेका कार्कीले ‘कान्छी २’ केहि महिना अघि रेकर्ड गरेका थिए । सिजन बज्राचार्यले रेकर्ड गरेको गीत रोमान्टिक शैलिको छ । ‘कान्छी’ गीतले दर्शक, श्रोताको मन जितेकाले ‘कान्छी २’ निर्माण गरेको उनले बताएका छन् ।
२०७३ सालमा ‘कहिले आउ’ गीतबाट सांगीतिक दुनियामा प्रवेश गरेका उनले गत वर्षमात्र ‘माया तिमी’ गीत पनि ल्याएका थिए ।
पोखरा–१३ काहुँखोलामा जन्मेका कार्की गोल्डेन आइडल–२०७० का बिजेता हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि…






