गीतकार सुरज उपाध्यायको रचना, गायक,संगीतकार विनोद बानियाँको स्वरमा रहेको “यहीँ दुःख गरम्ला” गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
गीतकार प्रतिष्ठानले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा बिक्रम कार्कीद्वारा प्रस्तुत गीतको म्युजिक भिडियोको संस्कृतिकर्मि तीर्थ श्रेष्ठले सार्वजनिक गरेका हुन् । सो अवसरमा श्रेष्ठले गीत गीत लेखन, संगीत र स्वर अनि त्यसपछिका अनेक कामका लागि अनेक कष्ट भोग्नै पर्नै बाध्यता रहेको र आउने प्रतिफल राम्रो हुने बताए । श्रेष्ठले भने, “मैले देखेका र अनुभव गरेका गीतकार सुरज तथा गायक, संगीतकार बानियाँ खोलामा गएर पानी पिएर आउने खालका होईनन् । उनीहरु खेलाको पानीलाई पाईपमार्फत ल्याएर अरुलाई पानी पिलाउने मान्छे हुन् ।”
कवि श्रेष्ठले यो अवस्थामा पनि यहीँ बसेर केही गर्नका लागि गीत अनि भिडियाले उत्प्रेरणा जगाएको बताए । कार्यक्रममा कलाकार, अभिनेता अनुप वराल, प्रकाश घिमिरेले गीतले आफ्नै कथा बोकेको र मन छुने खालको बनेको बताए । उनीहरुले आफुहरु पनि कलाकारिताका क्षेत्रमा काम गरिरहेकोले के गर्न सकिन्छ सहकार्यका लागि तयार रहेको बताए । गीतकार सुरज उपाध्यायले ८ वर्ष अगाडी लेखिएको गीतको म्युजिक भिडियो ल्याउनुमा गायक, संगीतकार बानियाँ र समग्र टीमको मेहनत लागेको बताए । शुरुमा मैले छोरी मान्छेले गाउनेगरी गीत लेखेको हुँ । यसलाई मैले फेसबुकमा पोष्ट गरेको थिएँ । गीत विनोद जीको नजर परेपछि उहाँले म गाउँ मन पर्यो भनेर भन्नु भयो । तर उहाँले गीतलाई पुरुष आवाजमा ल्याउन चाहेपछि सामान्य परिमार्जन गरिएको बताए ।
गायक, संगीतकार विनोद बानियाँले हालसम्म विभिन्न प्रकृतिका गीतहरु गाएको सुनाए । कति गीतहरु मनोरञ्जनका लागि मात्रै छन् भने कतिपय गीतले सामाजिक मनोवालाई उजागर गरेको बताए । पार्वती गीत, यहीँ दुःख गरम्ला वा खेलकुदका विशेष गीतहरुमा काम गरेको चर्चा गरे । भिडियोका निर्देशक नेत्र गुरुङले रचनाकार र शव्दहरुको मुड, संगीतकार र गायनको मुड अनुसार छायांकनमा ध्यान पुर्याईएको बताए ।
यसअघि कार्यक्रमका सहभागिहरुलाई गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष अनुराग अधिकारीले स्वागत गर्दै आफ्नो कार्यकाल शुरु भएको केहि दिनमै म्युजिक भिडियो सार्वजनिक गर्ने अवसर पाउनु सुखद् संयोग परेको बताए । उनले आगामी दिनहरुमा गीत वाचनका कार्यक्रमहरु गर्ने, गीतकार, गायक, संगीतकारलाई एकै ठाउँमा रारखेर विवेचना गर्ने र सामुहिक गीत वाचनका श्रृंखलाहरु गर्ने लक्ष्य रहेको बताए ।

कार्यक्रम गीतकार प्रतिष्ठानकाका सचिव रुपिन्द्र प्रभावि जोशीले संचालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







