पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले आधारभुत तहमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
कक्षा १ देखि ३ सम्मका विद्यार्थी सहभागि सदनात्मक प्रतियोगितामा हरियो सदन ‘क’ प्रथम, निलो सदन ‘क’ द्वितीय र रातो सदन ‘ख’ तृतीय भएको क्वीज माष्टर शिक्षक सपना रेग्मीले जानकारी दिईन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापा,अतिरिक्त क्रियाकलाप ईन्चार्ज कृष्णप्रसाद पौडेल, प्राथामिक तह ईन्चार्ज गोविन्द शर्मा पौडेल लगायतले उत्कृष्ट विद्यार्थीलाई बधाई दिदै, अतिरिक्त क्रियाकलापमा नियमित रुपमा भाग लिन सुझाव दिए ।
कक्षा २ ‘क’ का विद्यार्थी प्रिन्सा सुर्खेतीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक बिष्णुमाया गौतमले गरेकी थिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







