दलहरु सहमत नभए चुनाव हुँदैनः संयोजक प्रचण्ड


     एभरेस्ट आवाज    
     मंसिर १ गते २०८२ मा प्रकाशित




नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमति बिना निर्वाचन हुन नसक्ने बताएका छन् ।

काठमाण्डौंमा संचाकर्मिसँगको कुराकानीमा उनले निर्वाचनको वातावरण बनाउने जिम्मा सरकारको भएको बताउँदै, आगामी फागुन २१ को निर्वाचनका लागि सबै राजनीतिक दलको सहमति आवश्यक रहेको बताए। संयोजक प्रचण्डले देशमा उत्पन्न समस्या निर्वाचनबाट मात्रै हल हुने भन्दै सबै एकजुट भएर जिम्मेवारीपूर्वक निर्वाचन प्रक्रियामा भाग लिनुपर्नेमा जोड दिए । घोषित मितिमै निर्वाचन सम्पन्न हुनुपर्छ भन्ने पक्षमा आफु रहेको बताउँदै, उनले वातावरण बनाउन आयोग गम्भिर हुनुपर्ने बताए ।

पार्टीको जिम्मेवारी बाँडफाँट मंगलबारको बैठकले टुंगो लगाउने उनले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।