पोखरा, मंसिर ४
पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा आउँदो शनिबार बृहद रक्तदान कार्यक्रम आयोजना हुँदैछ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा हुने रक्तदान कार्यक्रम यहि मंसिर ६ गते शनिबार विहान ७ बजेदेखि १२ बजेसम्म हुनेछ ।
रेडियोले ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित रक्तदान कार्यक्रमको क्याम्पेनिङ गरिरहेको छ । रेडियोले एफएमबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ भने स्कुल तथा कलेजमा पनि सचेतना अभियान सञ्चालन गरेको हो । जस अन्तर्गत पोखराको शैक्षिक शान भनेर चिनिने पोखरा–३ नदीपुरमा रहेको प्रतिभा मावि र ग्यालेक्सी माविमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई रक्तदानको महत्व र फाईदाका बारेमा सचेतना कार्यक्रम गरिएको हो ।
१७ बर्ष उमेर पुगेका, ६५ बर्ष ननाघेका, ४५ केजी तौल भएका, अघिल्लो पटक रक्तदान गरेका ३ महिना अर्थात ९० दिन पूरा भएका, पिरियड र महिलाको हकमा मासिक रक्तश्राव भएको छैटौं दिन पुगेका, मेजर अपरेसन नगरेका, क्यान्सर, किड्नी ट्रान्स्प्लान्ट नगरेका, ब्लड प्रेसर नर्मल (औषधि खाइरहेको भए पनि बि पि ठिक छ भने दिन मिल्ने भएकाले ढुक्कले रक्तदान गर्न सकिनेबारे एभरेस्ट मिडिया हाउसका प्रमुख÷सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी गराएका थिए । उनले भने,‘शरिरमा रक्तकोशिका फेरिने प्रक्रिया भइरहन्छ, अर्थात शरिरका पुराना रक्तकोशिका मर्ने र नया जन्मिने प्रक्रिया निरन्तर हुन्छ । त्यसैले खेर जाने उक्त रगत दान गरेर एक जना बराबर ३ जनासम्मको ज्यान जोगाउन सकिने भएकाले रक्तदान गर्नुपर्छ ।’ उनले रक्तदान गर्नु भनेको आफू स्वस्थ रहेको प्रमाणित गर्नु पनि रहेको र रक्तदान गर्दा आत्मसन्तुष्टि पनि प्राप्त हुने बताए ।
हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्दै आएको रक्तदान कार्यक्रम अन्तर्गत ‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ यस पटक पनि हुनेछ । रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहनेछ ।
एभरेस्ट मिडिया हाउसले एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकम सञ्चालन गर्दै आएको छ ।
रक्तदान कार्यक्रमको सहयोगी सस्थांहरु हिमालयन एभरेष्ट इन्स्योरेन्स लि.न्यूरोड, पोखरा , सन्तान आई.भि.एफ क्लिनिक महेन्द्रपुल, पोखरा, सिटिजन फर्निचर न्यूरोड,पोखरा, आस्था किड्नी एण्ड स्पेशलाईज्ड हस्पिटल प्रा.लि.रानीपौवा,पोखरा, तारा सुमन सप्लायर्स पोखरा ५,प्रस्याङ, एस एण्ड बि टे«डर्स,न्यूरोड,पोखरा, इम्पावर हेल्थ केयर सिमलचौर,पोखरा, नेलम्बो नेपाल गैह्रापाटन,पोखरा, पुन ग्रुप अफ पोल्ट्री इण्डष्ट्रिज प्रा.लि.पोखरा–५,प्रस्याङ , पिउरो Drinking water पोखरा , पञ्चरत्न आभूषण प्रा.लि.तेर्सापट्टि,पोखरा रहेको मार्केटिङ डाइरेक्टर भोलाकुमार श्रेष्ठले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २६ बैशाख। र्याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा…






