पोखरा । पोखरास्थित तालबाराही मन्दिर पुनर्निर्माण अभियानलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति तथा फेवासिटी हस्पिटलका संस्थापक अध्यक्ष प्रा. डा. बुद्धिबहादुर थापाले आर्थिक सहयोग गरेका छन्। उनले मन्दिर पुनर्निर्माणका लागि रु. १,०१,१११ सहयोग प्रदान गरेका हुन्।
थापा स्वयं मन्दिर पुनर्निर्माण समितिको सचिवालयमा उपस्थित भएर रकम हस्तान्तरण गरेका थिए। कार्यक्रममा फेवासिटी अस्पताल प्रालिका अध्यक्ष सर्वजित अधिकारी, सञ्चालक हरि केसी, दिनेशबाबु खड्का, डा. सुरेश थापा तथा ग्यास्ट्रो टेक्निसियन कपिल सिग्देललगायतको उपस्थितिमा सम्पन्न भएको थियो।
मन्दिर पुनर्निर्माण समिति अध्यक्ष परशुराम पहारीको अध्यक्षतामा आयोजित कार्यक्रममा सूचना अधिकारी राजेन्द्र खत्रीले सञ्चालन गरेका थिए। कार्यक्रममा समिति उपाध्यक्षद्वय जुना अधिकारी र महेश्वर पहारी, कोषाध्यक्ष निर्मल खत्री, आरती समितिका निवर्तमान अध्यक्ष मंगल नेपालीलगायत सहभागी थिए।
तालबाराही मन्दिरको संरक्षण र पुनर्निर्माणलाई प्रभावकारी बनाउन स्थानीय समुदाय, धार्मिक संघ–संस्था तथा प्रतिष्ठित व्यक्तिबाट सहयोग संकलन जारी रहेको समितिले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







