लिटल फ्लावरमा स्पोर्टस् मिट शुरु


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०८२ मा प्रकाशित




पोखरा २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलमा बुधवारदेखि स्पोर्टस् मिट सुरु भएको छ ।

विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत शुरु भएको स्पोर्टस् मिटको उद्घाटन गर्दै वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले विद्यालयले चेतनाका साथै विकृति र विसङ्गति विरुद्घ सशक्त रुपमा आवाज उठाएको बताए । एन प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारीले खेलमा उत्कृष्टता हासिल गर्न विद्यार्थीहरुलाई प्रेरित गरे ।प्रिन्सिपल बिकल पौडेलले खेलकुदको विकासका लागि विद्यालयले विभिन्न खेल अभियानमा जोड दिएको वताउदै खेलकुद हारजितको लागि भन्दा पनि विद्यार्थीको सर्वाङ्गिण विकासको लागि आयोजना गरिएको बताए ।

कार्यक्रममा वडा सदस्य जितेन्द्र क्षत्री,विद्यालय सञ्चालक अध्यक्ष देवी प्रधान खड्का, राइजिङ्ग स्टार युवा क्लबका पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङ्ग,प्रगतिचोक आमा समाजकी अध्यक्ष देवी गुरुङ्ग विद्यार्थी सुदिक्षा पौडेल, खेल प्रशिक्षकहरु शम्भू केसी, शंकरप्रसाद शाह,अनिश गुरुङ्ग लगायतले शुभकामना व्यक्त गरेका थिए । अतिरिक्त क्रियाकलाप संयोजक ध्रुव सुवेदीले विभिन्न दुरीका दौड,रिले ,भलिवल,फुटवल,बास्केट बल ब्याडमिन्टन,टेबल टेनिस लगायतका खेल सिनियर र जुनियर समूहमा खेलाईने जानकारी दिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत दश जोड दुई संयोजक बिष्णुहरि पौडेल र सञ्चालन एकडेमिक डिन विचित्र न्यौपानेले गरेका थिए । कार्यक्रमका अवसरमा विद्यार्थीहरुले म्यूजिकल पिटी प्रदर्शन गर्नुका साथै साँस्कृतिक प्रस्तुति समेत राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।