धान्य पुर्णिमाका दिन घर्मेली पौडेल बन्धुको कुल पुजा हुने


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०८२ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं १९ घार्मीमा मुल थलो भई देशका विभिन्न भागमा बसोबास गर्ने पौडेल बन्धुको कुल पुजा यहि मंसिर १८ गते हुने भएको छ।

पोखरा १९ घार्मीको देउतीपुज्नेमा रहेको कुल मन्दिरमा धान्य पुर्णिमाको दिन बिधी पुर्वक पुजा आजा गरी कुल देवताको आराधना गरिने कुल पुजा व्यवस्थापन समितिका अध्यक्ष महेश्वर पौडेलले जानकारी दिए।पुजालाई व्यवस्थित रूपमा सम्पन्न गर्न समितिले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। कुल पुजा तयारी स्वरुप गठन गरिएका विभिन्न उपसमितिले तयारी तिव्र बनाएको र पुजालाई व्यवस्थित बनाउन कुनै कसर बाँकी नराख्ने समितिका सदस्य लीला पौडेलले बताईन्।

कुल मन्दिर परिसरमा सरसफाई, पत्राचार लगायतका कार्य अन्तिम चरणमा पुगेको समितिका उपाध्यक्ष बलराम पौडेलले जानकारी दिए।अघिल्लो दिनबाटै चोखोनितो गरी कुल मन्दिरमा पुजाको शुरुवात गरिने पौडेलले बताए ।कुल पुजामा पुजा सम्पन्न पछि मन्दिर परिसरमै भजन कीर्तन सहित रातभर जाग्राम बसेर कुल देवताको आराधना गरिने समितिका सचिव बाबुराम पौडेलले जानकारी दिए। परम्परा देखि नै पौडेल बन्धुले पुजा गर्दै आइरहेको उक्त स्थानलाई स्थानीयको सहयोगमा व्यवस्थित बनाईएको छ।

त्यस क्षेत्रका पौडेलहरूले प्रत्येक ३–३ वर्षमा कुल पुजा गर्दै आइरहेका छन्।घार्मीमा मुल थलो भई देशका विभिन्न ठाउँमा छरिएर अस्थायी वा स्थायी रुपमा बसोबास गरिरहेका पौडेल बन्धुहरु पुजामा सहभागि हुने गर्दछन् । पुजा अघि यही मंसीर १६ गते घार्मी सहित साविक लामाचौर गाविसका ब्राह्मण समुदायले भुमेपुजा गर्दैछन् ।

स्थानीय भुमेपुज्ने तिखेढुगां सामुदायिक वन क्षेत्रमा पुगी पुजा गर्ने तयारी समेत भईरहेको समितिले जनाएको छ । प्रतयेक बर्ष २ पटक उभौली र उधौलीका अवसरमा पुजा गर्ने प्रचलन रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।