पोखराको मोहोरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा आधारभूत तहको अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा आधारभुत जुनियर तह अन्तर्गत सुगम पौडेल, साजिया क्षेत्री र आरुश पाण्डेको पहेंलो सदन प्रथम तथा समीक्षा बास्तोला, एन्जिला थापा र बिपासा मल्लको रातो सदनले द्वितीय स्थान प्राप्त गरेको अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले जानकारी दिए ।विजयी विद्यार्थीलाई पुरस्कार बितरण गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यार्थीहरुमा पढाईसँगसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै लगाव बढोस् भन्ने हेतुले यस्ता कार्यक्रमहरु संचालन गरिएको बताए ।
उनले ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’ आफ्नो विद्यालयको मुल मर्म रहेको स्पष्ट पारे । कार्यक्रममा शिक्षिक सिर्जना आचार्य, रोजिना लगुन र शर्मिला शर्माले समन्वय गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





