विन्ध्यवासिनीको हाजिरी जवाफमा गायत्री प्रथम


     एभरेस्ट आवाज    
     मंसिर १२ गते २०८२ मा प्रकाशित




विन्ध्यवासिनी मावि बाटुलेचौरले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा गायत्री आधारभुत विद्यालय, घार्मी प्रथम भएको छ ।

पोखराका वडा नं १६ र १९ भित्रका सामुदायिक विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा विन्ध्यवासिनी मावि द्वितीय,धारा आधारभुत विद्यालय तृतीय र भारतिभवन माविले सान्त्वना स्थान प्राप्त गरेको विद्यालयका सुचना अधिकारी नविन अधिकारीले जानकारी दिए ।विजयी विद्यार्थीलाई पोखरा शिक्षा महाशाखा का अधिकृत जीवनप्रसाद रेग्मी र विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरे ।

त्यसअघि कार्यकैमको उद्घाटन गर्दै शिक्षा अधिकृत जीवनप्रसाद रेग्मीले यस्ता कार्यक्रमले विद्यार्थीको बौद्धीक ज्ञानको विकासमा सहयोग पुर्याउने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, आधारभुत तह इन्चार्ज गोविन्द शर्मा पौडेल, शिक्षक सपना रेग्मी लगायतले बोलेका थिए ।

कार्यक्रमको संचालन शिक्षक बिष्णुमाया गौतमले गरेकी थिईन् । कार्यक्रममा त्यस वडाका विद्यालयको सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।