सन्देश श्रेष्ठ
पोखरा, मंसिर १५
अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तरराष्ट्रिय दिवस पोखरामा पनि विविध कार्यक्रम गरेर मनाईदै छ । राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशले गण्डकी सरकारको सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा त्रिदिवसीय कार्यक्रम गरेर दिवस मनाउन थालिएको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
महासंघका अनुसार दिवसको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रम अन्तर्गत सोमबार पत्रकार सम्मेलन गरिएको हो । दोस्रो दिन भोलि डिसेम्बर २ तारिखमा गण्डकी प्रदेश अपाङ्गता भएका व्यत्तिको अधिकार सम्बन्धी ऐन, २०८२ कार्यान्वयनको मार्गचित्र कार्यशाला हुनेछ । त्रिदिवसीय कार्यक्रम अन्तर्गत अन्तिम दिन प्रभातफेरी निकालिने महासंघ गण्डकीका अध्यक्ष हेम गुरुङले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तरराष्ट्रिय दिवसको दिन निकालिने प्रभातफेरी पोखराको जिरो किलोमिटरबाट शुरु भई पृथ्वीचोकमा पुगेर सभामा परिणत हुने उनले बताए ।
दिवसको सन्दर्भ पारेर गण्डकी प्रदेशमा रहेका महासंघमा आबद्द संघसंस्था तथा अपाङ्गता भएका व्यक्तिहरुद्वारा सञ्चालित संघसंस्था, स्वावलम्वन समूह, सञ्जाल र अपाङ्गता समन्वय समितिको समन्वयमा अन्य कार्यक्रमसमेत आयोजना हुने उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरुङले अपाङ्गताका क्षेत्रमा राज्यले धेरै नै काम गर्न बाँकी रहेको बताए । नीति, नियमहरु बने पनि कार्यान्वयन नहुँदा अपाङ्गता भएकाहरु अधिकारबाट बञ्चित हुनुपरेको उनको भनाई छ । त्यसैले यसतर्फ राज्यको ध्यानाकर्षण गर्न तथा अपाङ्गता भएकाहरुलाई हेर्ने दृष्टिकोण बदल्न र स्वयम् अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बनाउनका लागि पनि उत्प्रेरित गर्न दिवसको महत्व रहेको उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





