पोखरा । पोखरा-११ फुलबारी निवासी पूर्व न्यायाधीश भलभद्र बास्तोलाले पोखरा–१४ चाउथे, कदममार्गस्थित टोल विकास भवन पछाडिको सार्वजनिक पक्की कुलो भत्काई त्यसको माथि पर्खाल निर्माण गरिरहेको आरोप स्थानीयबासीले लगाएका छन्। हालसालै उच्च अदालतबाट अवकाशप्राप्त बास्तोला आफ्नो करिब १२ रोपनी जग्गामा व्यवसायिक संरचना निर्माण कार्यमा जुटिरहेका छन्।
स्थानीय भिमबहादुर गोलेले उक्त गतिविधि बारे वडा नं. १४ का अध्यक्ष बोधराज कार्की तथा पोखरा महानगरपालिका कार्यालयलाई जानकारी गराएपछि दिनको समयमा निर्माण कार्य रोकिएको भए पनि राति भने कुलो माथि पर्खाल निर्माण जारी रहेको गोलेसहित स्थानीयको गुनासो छ।

सार्वजनिक कुलो भत्काइएपछि वरपरका बस्तीमा पानीको बहाव, वर्षेनी हुने बाढी जोखिम तथा सार्वजनिक सम्पत्तिको सुरक्षाबारे चासो बढेको छ। यस्तै, स्थानीयहरूले पूर्व न्यायाधीशजस्तो संवैधानिक निकायमा बसिसकेको व्यक्तिबाट यस्तो कार्य हुनु कानूनको सम्मानप्रति चुनौतीजस्तै भएको प्रतिक्रिया दिएका छन्।
यस घटनाबारे महानगर तथा सम्बन्धित सरकारी निकायले अहिलेसम्म कुनै स्पष्ट कदम नचालेको भन्दै पोखराबासीले “सार्वजनिक सम्पत्ति मिच्ने घटनामा कारबाही गर्ने निकाय कहाँ छन्?” भनि प्रश्न उठाएका छन् ।
स्थानीय समुदायले पोखरा महानगरपालिका, प्रहरी प्रशासन, वातावरण तथा मानवअधिकारकर्मी, सरोकारवाला निकाय र सञ्चारकर्मीहरूलाई घटनाप्रति गम्भीर ध्यान पुर्याई सार्वजनिक सम्पत्ति सुरक्षित गर्न तुरुन्त कारबाहीका प्रक्रियामा ल्याउन माग गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







