“अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिमा टियूका प्रथम विद्यावारिधी उपाधी प्राप्त डा. हरिप्रकाश चन्द लगाएतका सम्मानित”


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०८२ मा प्रकाशित




काठमाडौं । त्रिभुवन विश्वविद्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागले टियू अन्तर्गतको आफ्नो बिभागबाट विद्यावारिधी उपाधि हासिल गर्ने पहिलो व्यक्ती डा. हरि प्रकाश चन्द र अर्का शोधार्थी बिनोदखण्ड तिम्सेना लगाएतका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसीको प्रमुख आथित्यतामा सम्पन्न सो कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिमा आफ्नो काविलता प्रदर्शन गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको हो । आफ्ना विद्यार्थीहरुलाई सम्मान गर्दै रेक्टर केसीले आफ्ना विद्यार्थीहरुले मेहेनतका साथ हासिल गरेको उपलव्धिप्रति गर्व लागेको कुरा बताउनुभयो । उहाँ संस्थापक प्रमुख हुदा उक्त बिभागमा विद्यावारिधीको अध्ययन/अध्यापन सुरु भएको र ५ बर्ष पछि नै सो बिभागले विद्यावारिधीको जनशक्ती उत्पादन गरेको हो । प्रा. के.सी ले अन्तराष्ट्रिय सम्वन्ध तथा कुटनीति केन्द्रीय विभागका विद्यार्थीहरुले सार्वजनिक सेवामा लगातार सफलता प्राप्त गरीरहनुभएको, विभागमा सवै क्षेत्र, वर्गका अत्यन्तै मिहनेति र अब्बल विद्यार्थीहरुले अध्ययन गरिरहनुभएको साथै उहाँहरुलाई सार्वजनिक सेवाका लागि मात्रै नभई एक आलोचनात्मक चेतयुक्त गतिशिल व्यक्तित्व निर्माणमा केन्द्रित गरिएको धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित सोही बिभागका विद्यावारिधीका शोधार्थी सूचना तथा संचार मन्त्री जगदिश खरेलले प्रा. केसीकै मार्गदर्शन र सल्लाहमा आफुले विद्यावारिधी सुरु गरेको कुरा बताउनु भयो ।

कार्यक्रममा सम्मानित डा. हरि प्रकाश चन्दले आफू इन्जिनियरिङ्ग पृष्ठभूमिबाट आएर निकै कठोर त्याग, तपस्या, र मेहेनतका साथ प्रा. केसीको प्राज्ञिक मार्गदर्शन, उत्प्रेरणा, र साथबाट विद्यावारिधी पूरा गरेको कुरा बताउनुभयो ।

सम्मानित अर्का शोधार्थी बिनोद खण्ड तिम्सेनाले गुरुकै मार्गदर्शनमा आफुले विद्यावारिधी पूरा गरेको कुरा बताउनुभयो ।

साथै, नेपाल सरकारको परराष्ट्र, प्रशासन तथा कानुन अधिकृतमा सिफारिस हुन सफल स्नातकोत्तर तहका विद्यार्थीहरु मधुसुदन भट्टराई, पुजा बेल्वासे, अर्पण सापकोटा, रसिला धमला, दिव्यदिप आचार्य, मिलन विश्वकर्मा, अर्जुन लिम्बु, इजुषा राई र श्रेष्ना महतलाई पनि सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा पूर्व परराष्ट्र सचिव शंकरदास बैरागी, पूर्व परराष्ट्र सचिव तथा राजदूत ज्ञान चन्द्र आचार्य, पूर्व राजदूत डा. खगनाथ अधिकारी, पूर्व उपरथी डा. पूर्ण बहादुर सिलवाल, अन्तर्राष्ट्रीय सम्बन्ध तथा कुटनीती केन्द्रीय विभागका विभागीय प्रमुख अपेक्षा शाह साथै विभागका दर्शनाचार्य विद्यावारिधी कार्यक्रम संयोजक डा. रमेश चन्द्र पौडेल लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।