पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले सोमबार स्थापनाको ३४ औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवका अवसरमा विद्यालयमा शैक्षक प्रदर्शनी पनि आयोजना गरिएको छ ।वार्षिकोत्सवको प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा हरिप्रसाद पाठकले उद्घाटन गरेका थिए । पाठकले पोखराका शैक्षिक संस्थाले पोखराको पहिचान नै फराकिलो बनाएको बताए । पोखराको पहिचान पर्यटनले मात्र नभई शैक्षिक क्षेत्रको अग्रणी सहरको रुपमा समेत बनेको उनले बताए । पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले विद्यालयले गुणस्तरीय शिक्षाका लागि हरदम प्रयास गरिरहेको बताए । साढे ३ दशक अघि स्थापित विद्यालयले अहिलेसम्म हजारौं शैक्षिक जनशक्ति उत्पादन गरेको उनले बताए ।
विद्यालयका प्राचार्य सरोज कोइरालाले विद्यालय अध्यापनका अतिरिक्त अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल रहेको बताए । विद्यालयले दिलाउने गुणस्तरीय शिक्षाका लागि विद्यालयको जनशक्ति पूर्णरुपमा लागिपरेको उनले बताए । विद्यालयकी सहप्राचार्य मिनु श्रेष्ठले वार्षिकोत्सव अवसरमा विद्यालयमा गरिएका गतिविधिबारे जानकारी दिएकी थिइन । विद्यालयमा अहिले नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुन्छ । विद्यालयका प्लस टु इन्चार्ज देव क्षेत्रीले पश्चिमाञ्चल माविले अब्बल विद्यार्थी उत्पादन गरेर राष्ट्रकै लागि योगदान पु¥याएको बताए ।
वार्षिकोत्सवका अवसरमा विद्यालयले आइतबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सोमबार वार्षिकोत्सवका अवसरमा विद्यालयभित्र विद्यार्थीहरुले विभिन्न सांस्कृतिक गतिविधि प्रस्तुत गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







