हरिहर मन्दिरबाट पत्रकार बास्तोला सम्मानित


     एभरेस्ट आवाज    
     पौष ६ गते २०८२ मा प्रकाशित




पोखराका पत्रकार हरिप्रसाद बास्तोला सम्मानित भएका छन् ।

ऐतिहासिक, सांस्कृति एवम् पुरातात्विक महत्व वोकेको पोखरा १७ महतगौडास्थित सदा शिव सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिको सम्पन्न साधारण सभाका अवसरमा पत्रकार बास्तोलालाई सम्मान गरिएको हो । पत्रकारिताको माध्यमवाट धार्मिक क्षेत्रको प्रचार प्रसारमा पु¥याएको योगदानको उच्च कदर गर्दै उनलाई सम्मान गरिएको हो ।पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले अधिवेशनको उद्घाटन समारोहमा उनलाई दोसल्ला, खादा र सम्मानपत्रले सम्मान गर्दै धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने वताईन् ।

समाजको एकताबाट मात्र विकास निर्माणमा जोड पुग्ने बताउँदै उनले धार्मिक संघसंस्थाको विकास, संरक्षण र प्रवद्र्धनमा महानगरले सक्दो सहयोग गर्दै आएको बताईन् । सिमित श्रोत साधनको अधिकतम उपयोग गरि जन भावनाका आधारमा वडाको समग्र विकास निर्माणमा जोड दिंदै आएको उनको भनाई थियो । कार्यक्रममा वडा सदस्य शिवराम भण्डारी, सितापाईला ढुट्टेसाँघु आमा समुहका अध्यक्ष झुना मल्ला, समाज सेवी नरेन्द्र गिरी लगायतले बोलेका थिए । कार्यक्रममा कोषाध्यक्ष इसारा विरकट्टा थापाले आर्थिक प्रतिवेदन र सचिव हरिहर भण्डारीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीको अध्यक्षतामा भएको कायक्रमको संचालन सचिव हरिहर भण्डारीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।