भुपू विद्यार्थी मञ्च आनन्द ज्योति मा वि,बेगनासको अध्यक्षमा सुशीला अधिकारी सिग्देल निर्वाचित भएकी छन् ।
शनिबार सम्पन्न मञ्चको छैटौं बार्षिक साधरणसभा एवं तेस्रो अधिबेशनबाट अधिकारी सिग्देलको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको छ । मञ्चको उपाध्यक्षमा कृष्णराज आचार्य, सचिवमा अर्जुन पौडेल र कोषाध्यक्षमा केशबराज तिवारीलाई निर्वाचित गरेको छ । यसैगरी सदस्यहरुमा, गोमा सोती, टेकनाथ पोख्रेल, प्रकाश सापकोटा, अनिता अधिकारी पोख्रेल, शिबहरी सुवेदी, रोशन तिवारी र सुर्य सुबेदी चयन भएका छन् ।संस्थाका सल्लाहकार चन्द्र बहादुर सुबेदी संयोजक र सल्लाहकार चिरञ्जीवी अधिकारी र श्री आनन्द ज्योति माविका प्रधानाध्यापक शिबराज अधिकारी सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरी सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष ढकनाथ कडेलले सामुदायिक विद्यालयहरुको गुणस्तर कमजोर छ भन्ने भाष्यलाई चिर्न आनन्द ज्योति मा।बि। सफल भएको बताए । गत बर्षको एसईई परिक्षामा यस विद्यालयले सबिक लेखनाथमा नै निजी र सामुदायिक दुबै तर्फका विद्यालयहरु मध्य सत प्रतिशत विद्यार्थी उत्रीण गराउन सफल भएको भन्दै उनले प्रशंसा गरे । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागि वडा कार्यलय, विद्यालय र विद्यार्थीहरुको संस्था भुपू बिद्यार्थी मञ्च संग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उनको भनाई थियो । यो पटकको विद्यालयको नतिजा सबैले गर्व गर्न लायक बनेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष कडेलले यसैगरि हरेक बर्ष सत् प्रतिशत विद्यार्थी उत्र्रीण गराउन सबैले आ( आफ्नो ठाउँबाट पहल गर्नु पर्नेमा जोड दिए ।
आनन्द ज्योति माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक फडिन्द्र मोहन शर्मा अधिकारीले विद्यालयका पुर्व विद्यार्थीको संस्थाले रचनात्मक कार्यक्रम गरिरहेकोमा खुसी व्यक्त गर्दै शैक्षिक गुणस्तर सुधारमा गर्न पनि मञ्चले भुमिका खेल्ने सक्नु पर्ने बताएका छन् । मञ्चले सबै पुर्व बिद्यार्थीहरुलाई एउटै छाना मुनि समेट्न सफल हुनुपर्नेमा उनको जोड थियो । संस्थाका सल्लाहकार चिरञ्जीवी अधिकारीले मञ्चले पुर्व बिद्यार्थीहरुलाई क्रमिक रुपमा संगठित बनाउदै लगेको बताउदै अझ विद्यालय संग सहकार्य गर्दै रचनात्मक काम गर्न सक्नु पर्नेमा जोड दिए ।
मञ्चका अध्यक्ष बिकास प्रसाद कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारी, प्रधानध्यापक शिबराज अधिकारी, मञ्च संस्थापक सचिब श्रीराम कडेल, संस्थाका पुर्व सल्लाहकार पार्बती थापा कार्की लगायतले बोलेका थिए । मञ्चका उपाध्यक्ष सुशिला अधिकारी सिग्देलले स्वागत गरेको कार्यक्रमको संचालन सचिव कृष्णराज आचार्यले गरेका थिए । मञ्चले साधारणसभाको अवसरमा विद्यालयबाट दश जोड दुइमा सर्बोकृष्ट अङ्क प्राप्त गर्ने मेलिना सुनार र माध्यमिक परीक्षा एस।ई।ई। मा सर्बोकृष्ट अङ्क ल्याउने करिना सापकोटालाई नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । यस्तै संस्थालाई विभिन्न समयमा आर्थिक सहयोग प्रदान गर्नुहुने एवं अक्षयकोषदाता तथा मञ्चका पुर्व सल्लाहकार पदम राज पौडेल र शुभचिन्तक किरण छत्कुलीका साथै विद्यालय परिवारलाई पनि सम्मान गरिएको थियो ।
छैटौं साधारणसभामा अध्यक्ष बिकास प्रसाद कडेल र कोषाध्यक्ष अर्जुन पौडेलले प्रस्तुत गरेका सांगठनिक र आर्थिक प्रतिवेदन पारित भएका छन् साधारणसभाको अवसरमा मञ्चका नबनिर्वाचित सदस्य रोशनराज तिवारीले विद्यालयको बस संचालनको लागि आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







