पोखरा,११ पुस ।
घाचोक– माछापुच्छ«े पोखरा सम्पर्क समाजको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । माछापुच्छ«े गाउँपालिका–६ अस्ताममा आयोजित साधारणसभामा संस्थाले गरेका गतिविधिहरुको समिक्षा तथा भावी कार्ययोजना प्रस्तुत गरिएको थियो । साधारणसभाको समाजका पूर्वसल्लाहकार एवं ज्येष्ठ सदस्य शिवराम लम्सालले गरे ।
माछापुच्छ्रे गाउँपालिका–३ घाचोक तथा वडा नं १ माछापुच्छ्रे जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध रही स्थायी तथा अस्थायी बसोबास गर्नेहरुको साझा संस्थाका रुपमा एक वर्षअघि समाज गठन गरिएको थियो ।
कार्यक्रममा माछापुच्छ्रे –१ का संस्थापक वडाध्यक्ष विरेन्द्र गुरुङले समाजले स्थापनाको छोटो समयमा गरेका कार्यहरु प्रशंसनीय रहेको बताए ।
माछापुच्छ्रे–३ का संस्थापक वडाध्यक्ष सूर्यप्रसाद लम्सालले रेशम नेपालीको उपचार सहयोग संकलन अभियानमा समाजले नेतृत्वदायी भूमिका खेल्दै ठूलो धनराशी जुटाउने मद्धत गरेको बताए ।
समाजका अध्यक्ष तोयनाथ वैरागी लम्सालले स्थापनाको छोटो समयै समाजले धेरै संस्थाको उद्धेश्य अनुसार सृजनशील काम गरेको बताए । उनले समाजका सदस्यहरुको दुःख सुःखमा सँधै साथमा रहेको बताए ।
अध्यक्ष लम्सालले भने,“ समाजले बेलाबेलामा रचनात्मक र सामाजिक कार्य गर्दै आइरहेको छ । हामी आगामी दिनमा समाजलाई थप गतिशिल ढंगले अगाडि बढाउनु आवश्यक छ । घाचोक र माछापुच्छ«ेका विकासमा कसरी योगदान गर्न सकिन्छ भनेर लागिपर्ने छौँ ।” उहाँले जन्मभूमिको विकासका सन्दर्भमा बृहत् अन्तरक्रिया तथा स्वास्थ्य शिविर आयोजनाको कार्यक्रम अघि सारे ।
समाजका सल्लाहकार संयोजक मीनप्रसाद लम्सालले समाजका गतिविधिलाई थप सिर्जनशील र सक्रिय बनाउन सुझाव दिए ।
सृजना बहुउद्धेश्शीय सहकारी संस्थाका कार्यवाहक अध्यक्ष विशेश्वर लम्सालले घाचोक तथा पोखरा जहाँरहेपनि गाउँ समाजको विकासमा सबैले सोच्न र ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष महेश्वर पोखरेलले सबैले अपनत्व र गर्व गर्ने संस्थाका रुपमा समाजलाई अघि बढाइने बताए । सचिव जगत गुरुङले घाचोक÷माछापुच्छ«े र पोखराकाबीचमा पुलको काम गर्दै घाचोकवासीको उन्नतिका लागि काम गर्ने योजना सुनाए ।
सहसचिव भानुभक्त पोखरेलले समाजका सदस्यहरुको पारिवारिक विवरण सहितको प्रोफाइल प्रकाशन गर्न लागिएको बताए । समाजका कोषाध्यक्ष सरिता आचार्य लम्सालले गत आवको आयव्यव प्रस्तुत गर्दै समाजलाई आर्थिक रुपमा मजवुत बनाउने गरी कार्यक्रम ल्याइने जानकारी दिए । साधारणसभाले सचिव जगत गुरुङको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष सरिता लम्सालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफल सहित पारित गरेको छ ।
साधारणसभामा गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, माछापुच्छ«े–३ का वडाध्यक्ष हरिश्चन्द्र लम्साल, वडा नं ५ का वडाध्यक्ष नारायण पौडेल, वडा नं ६ का वडाध्यक्ष टेकनाथ गौतम लगायतको उपस्थिति रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






