पोखरा महानगरपालिका वडा नं. २६ स्थित जनप्रिय सहकारी संस्था लिमिटेडले आफ्ना लघु बचत तथा कर्जा कारोबार गर्ने सदस्यहरूलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा कृषि सम्बन्धी सामग्री तथा औजार वितरण गरेको छ।
कृषि विकास कार्यालय विरौटाबाट ५० प्रतिशत अनुदानमा प्राप्त मिनी टेलर (हाते ट्र्याक्टर) आलु रोप्ने फालीसहित वितरण गरिएको हो भने सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोदाली, चाँदे कोदाली, बाउसो, स्प्रे, करौते, हसियाँ र हजारीलगायतका कृषि औजारहरू पनि ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि कृषि विकास कार्यालय बागबानीका अधिकृत विकास विकले सहकारीले यस्ता उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउँदै आफूले पनि यस्ता कार्यक्रमलाई हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा संस्थाका सल्लाहकार मुरारी बराल, चन्द्रबहादुर रानाभाट, कृषि विकास कार्यालयका प्राविधिक सहायक सालिकराम घिमिरे तथा अनुदान प्राप्त गर्ने सदस्यहरू मध्ये राधिका शर्मालगायतले कृष् िक्षेत्रको विकासमा यसले महत्व राख्ने बताए ।
संस्थाका अध्यक्ष रविन्द्रमोहन अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा संयोजक बुद्धराज बस्यालले स्वागत र सह–सचिव पवित्रा ढुंगाना गौतमले सञ्चालन गरेकी थिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







