जानकी मावि व्यवस्थापनको अध्यक्षमा बास्तोला


     एभरेस्ट आवाज    
     पौष १७ गते २०८२ मा प्रकाशित




जानकी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पत्रकार हरिप्रसाद बास्तोला सर्वसम्वत चयन भएका छन् ।

पोखरा महानगरपालिका वडा नं. १७ महतगौडामा अवस्थित सो विद्यालयमा भएको व्यवस्थापन समितिका सदस्यको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो । पोखरा १७ का वडाअध्यक्ष एवम् वडा शिक्षा समितिका अध्यक्ष राधिका कुमारी शाही योगीको उपस्थितिमा गठन गरिएको समितिको सदस्यमा सिता काप्mले भण्डारी, देवीलाल शर्मा भण्डारी, मुना श्रेष्ठ र नर्मदा केसी रहेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावकको भेलाले तीन जान सदस्य र वडा शिक्षा समितिबाट दुई जना, विद्यालय प्रधानाध्यापक, वडाअध्यक्ष वा तोकिएको एकजना जनप्रतिनिधि, शिक्षक प्रतिनिधि, शिक्षक अभिभावक संघका अध्यक्ष र एक जना शैक्षिक व्यक्ति गरि नौ जनाको व्यवस्थापन समिति रहने व्यवस्था छ ।

कार्यक्रममा पोखरा १७ वडाअध्यक्ष शाहीले निर्वाचित व्यवस्थापन समितिलाई बधाई ज्ञापन गर्दै शैक्षिक गुणस्तर कायम गर्न व्यवस्थापन समिति, शिक्षक, अभिावक र विद्यार्थीको सामुहिक अपरिहार्य भएको बताईन् । पोखरा महानगरपालिकाको पहलमा जानकी माविमा अटिजम श्रोत कक्षा समेत सञ्चालन गरिएको बताउँदै यसको निरन्तरताका लागि सवैको साथ र सहयोग रहनेमा उनको जोड थियो ।सो अवसरमा प्रधानाध्यापक अर्जुन कडेलले विद्यालयको गतिविधिका बारेमा जानकारी गराएका थिए ।

शिक्षा समितिकोतर्पmबाट वडा सदस्य शिवराम भण्डारीलाई वडा शिक्षा समितिले प्रतिनिधि तोकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।