पोखरा लेडी जेसिज वर्ष २०२६ को निर्वाचित समितिको पदस्थापन गरिएको छ ।
जेसी सुनिता गौतम भण्डारीको अध्यक्षतामा चयन भएको समितिलाई नेपाल जेसीज राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर जीवन कार्की,क्षेत्र ख निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी सपना पौडेल भण्डारी, दुर्गा लामिछाने ,निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी आरोग्य श्रेष्ठ लगायतले पदस्थापन गराए ।
पोखरा लेडी वर्ष २०२५ का अध्यक्ष सिनेटर अनिता थापाको अध्यक्षतामा भएको पहिलो सत्रको कार्यक्रमको उद्घाटन नेपाल जेसीज राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर जीवन कार्कीले गरेका थिए । उनले सामाजिक क्षेत्रमा पोखरा लेडी जेसिज निकै सक्रिय रहेको बताउँदै, मानवीय सेवाका लागि जेसिज जहिले पनि तयार रहेको बताए ।सो अवसरमा बर्ष २०२५ का पदाधिकारीले वर्ष २०२६ का पदाधिकारीहरुलाई पद हस्तान्तरण गरेका थिए ।
कार्यक्रमको संयोजन जेसी सन्तोषी अर्यालले गरेकी थिईन् भने संचालन जेसी सिर्जना आले इसाले गरेकी थिईन् । पदस्थापन कार्यक्रममा १ सय ७५ जनाको सहभागिता रहेको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बैशाख १९ पोखरा पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले विभिन्न…






