पोखराका व्यवसायी नविन द्वा तथा श्रवण द्वालाई मातृ शोक परेको छ ।
ममतामयी माता बद्रीमाया द्वाको ८९ वर्षको उमेरमा गएराति आफ्नै निवास पोखरा ४ गणेशटोलमा निधन भएको नेवा खल कास्कीका अध्यक्ष एवं शिक्षासेवी अशोक पालिखेले जानकारी दिए । स्व।बद्रीमायाको आजै पोखरा महानगरपालिका वडा नं ९ स्थित रामघाटमा अन्त्येष्टि गरिएको छ । यस अघि उनको पार्थिव शरिरमा छोराहरु नविन र श्रवण ले दागबत्ती दिएका थिए । गणेशटोलबाट शुरु भएको शवयात्रामा सहभागिले पुष्पगुच्छा सहित अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
बद्रीमाया लामो समय देखि बुद्ध बिहारमा आवद्ध थिईन् । उनका श्रीमान स्व कृष्ण प्रसाद द्वा थिए । स्व बद्रीमायाका छोराहरु नविन द्वा र श्रवण द्वा, छोरीहरु जया पालिखे, पुन्य लाभाजु र मीना पालिखे छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, माघ ४ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिएका…






