कास्की-१ मा रास्वपाको उम्मेदवार गनेस


     एभरेस्ट आवाज    
     माघ ५ गते २०८२ मा प्रकाशित




पोखरा, माघ ५

कास्की क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गनेस पौडेललाई उम्मेदवार बनाएको छ । रास्वपाले गनेसलाई कास्की-१ मा उम्मेदवार हुनका लागि टिकट दिएको हो ।

पौडेल २०७९ सालमा पोखरा महानगरपालिकाको मेयर पदमा अटेरी उम्मेदवारका रुपमा लौरो चुनाव चिह्नबाट उम्मेदवार बनेका थिए । केहि समयअघि मात्रै उनी बालेनसँगै रास्वपा प्रवेश गरेका थिए ।

पोखरा–१४ भोटेचौतारा घर भएका पौडेल लेखक हुन् । उनले उपन्याससहित अंग्रेजी र नेपालीमा कथा, कविताहरु लेखेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।