कुमुदिनी होम्समा भव्य महाआरतीसहित सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रम


     एभरेस्ट आवाज    
     माघ ९ गते २०८२ मा प्रकाशित




पोखरा ।

पोखरा–४ गैह्रापाटनस्थित कुमुदिनी होम्स माविले वसन्त पञ्चमीको अवसरमा शुक्रबार विद्याकी देवी सरस्वतीको धुमधामका साथ पूजा आरधनासहित अक्षरारम्भ गरेको छ । विद्यालयले विद्या, बुद्दि, कला र संगीतकी देवी सरस्वतीको पूजा आरधनासहित नवआगन्तुक विद्यार्थीलाई अक्षरारम्भ गराएको हो । वसन्त पञ्चमीको दिन विद्यार्थी तथा कलाकारहरुले अक्षर तथा कला र संगीत सिक्न शुभारम्भ गर्ने चलन रहिआएको हो ।

सो अवसरमा कुमुदिनी होम्समा फेवाताल वाराहीघाटका आरती टोली ल्याएर महाआरती गराइएको मन्टेश्वरी ईञ्चार्ज अमृता आलेले जानकारी दिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।