पोखरा ६ का कृषकलाई प्रशिक्षणसहित मल र विउ वितरण


     एभरेस्ट आवाज    
     माघ ११ गते २०८२ मा प्रकाशित




वडा स्तरीय कृषि सञ्जाल पोखरा ६ बैदामले कृषकलाई विभिन्न प्रकारका विउ विजन र गड्यौला मल वितरण गरेको छ ।

संजालको समन्वयमा किसानलाई जैविक मल उत्पादनमा संलग्न गराई रासायनिक मल तथा विषादीको प्रयोग न्यूनीकरण गर्दै वातावरणमैत्री कृषि प्रणाली प्रवर्द्धन गर्ने लक्ष्य सहित वडाका २ सय ६० जना कृषकलाई विउ र २ हजार किलो मल वितरण सहित प्रशिक्षण दिईएको अध्यक्ष विन्दा धरेलले जानकारी दिइन । कार्यक्रममा पोखरा –६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वराशक्ति कमजोर बनाउँदै लगे पनि गड्यौला मलले जमिनलाई पुनः उर्वर बनाउने भएकाले यसले स्वस्थ वातावरण निर्माणमा टेवा पुग्ने बताए । वडावासीको स्वास्थ्य र वातावरणलाई ध्यानमा राख्दै कुहिने फोहोरलाई अर्गानिक कम्पोस्ट मलमा रूपान्तरण गर्ने उद्देश्य वडाले लिएको अध्यक्ष भट्टराईले सुनाए ।

पोखरा महानगर पालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले कार्यक्रममा उपस्थित कृषकहरूलाई प्रशिक्षण दिदैँ जैविक कृषि प्रणालीलाई प्रवर्द्धन गर्दै गड्यौले मल उत्पादनमा कृषकलाई संलग्न गराउन आग्रह गरे । उनले जैविक कृषि मल र गड्यौला मल लागि आवश्यक सामग्री, तालिम निःशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था महानगर पालिकाले गर्दै आएको बताए ।वडा सदस्य पवित्रा थापाले वितरण गरिएको मल र बीउलाई उत्पादनमा प्रयोग गरि अर्गानिक उत्पादन गर्ने कृषकलाई आग्रह गरिन । अर्का वडा सदस्य बासु बरालले कृषिमा आत्म निर्भर गराउँदै कृषि उपज निर्यात गर्न सके कृषकहरूको समृद्धिको बाटो खुलाउन तर्फ सरकार लाग्नु पर्नेमा जोड दिए ।

संजालकी अध्यक्ष धरेलले माटोको उर्वरा पनि बढाउने र कम पानीले पनि सिचाइ गरि उत्पादन बढ्ने हुनाले हामी सबै गड्यौला र कम्पोष्ट मल प्रयोग गरि उत्पादन बढाउन तर्फ लाग्न आग्रह गरिन । कार्यक्रममा सञ्जालका सल्लाहकार बबिता मल्ल,वडा स्तरीय कृषि सञ्जाल पोखरा ९ का संयोजक विमला रानाभाट,मणिमार्ग टोल विकास सस्था बैदामका अध्यक्ष महेश्वर पहारी लगायतले किसानलाई प्रोत्साहन गर्न र युवा वर्गलाई कृषि पेशातर्फ आकर्षण गर्न किसानहरूलाई कृषि अनुदान बढाउन तर्फ राज्य लाग्नु पर्ने बताए ।

सञ्जालकी अध्यक्ष धरेलको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत उपाध्यक्ष रामेश्वर न्यौपाने र संचालन सचिव चन्द्रकला घिमिरे पहारीले गरेकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।