पोखरा । प्रधानाङ्ग परिवारद्वारा भैरवटोलमा अवस्थित करिब ४ करोड रुपैयाँ मूल्य बराबरको जग्गा सिद्धिबिनायक गणेश मन्दिरको नाममा समर्पण गरिएको छ। प्रधानाङ्ग परिवारका कृष्णदेव प्रधानाङ्ग, तीर्थमान प्रधानाङ्ग र प्रकाशमान प्रधानाङ्गले आफ्नो परिवारको तर्फबाट उक्त जग्गा सिद्धिबिनायक गणेश मन्दिर संरक्षण समितिलाई दान गरेका हुन्।
जग्गा राजिनामामार्फत विधिवत् रूपमा मन्दिरको नाममा नामसारी गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभाग र मालपोत कार्यालय कास्कीबाट जारी जग्गाधनी दर्ता प्रमाण पुर्जाअनुसार उक्त जग्गा अब सिद्धिबिनायक गणेश मन्दिर संरक्षण समितिको स्वामित्वमा आएको छ।
दानस्वरूप प्राप्त जग्गाको क्षेत्रफल क्रमशः ११५.९० वर्गमिटर र २७०.६० वर्गमिटर रहेको छ।
यस अवसरमा दाताहरूको सम्मान गर्दै सोमबार मन्दिर परिसरमा धन्यबाद ज्ञापनकालागि विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा मन्दिर संरक्षण समितिले प्रधानाङ्ग परिवारप्रति आभार व्यक्त गर्दै सिद्धिबिनायक गणेश भगवानबाट सम्पूर्ण परिवारमा सधैं आशिष् प्राप्त होस् भन्ने कामना गरेको समितिका सचिब अष्टमान प्रधानाङ्गले जानकारी दिए।
समितिले उक्त दानलाई धार्मिक, सांस्कृतिक तथा सामुदायिक सम्पदा संरक्षणका दृष्टिले महत्वपूर्ण योगदानका रूपमा लिइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







