नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल सुरु


     एभरेस्ट आवाज    
     माघ २१ गते २०८२ मा प्रकाशित




नवौं संस्करणको राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल बुधवारदेखि सुरु भएको छ ।

पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित राईजिङ्ग स्टार युथ क्लबको आयोजनामा बुधबार देखि भण्डारी टोल स्थित भलिवल कोर्टमा सुरु भएको प्रतियोगिता माघ २४ गतेसम्म संचालन हुनेछ । क्लवका अध्यक्ष तिलबहादुर गुरुङ अनिलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा क्लबका आजीवन संरक्षक पोखरा महानगरापालिका वडा नम्वर २७ का वडा अध्यक्ष पुर्णकुमार गुरुङले रेफ्री बुद्वसिंहलाई बल हस्तान्तरण गरेर उद्घाटन गरे । उनले खेलाडीले अनुशासित हुनुका साथै खेललाई सौहाद्रपूर्ण वातावरणमा सञ्चालन गर्न सहयोग गर्नु महत्वपूर्ण रहेको बताएका थिए । उनले खेल सम्पन्न गर्नका लागि वडाबाट तीन लाख रकम छुट्टयाएको बताउँदै शुभकामना व्यक्त गरे । क्लवको बार्षिक कार्यक्रम अन्तरगत सञ्चालित प्रतियोगितामा वोल्दै पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले स्थापना काल देखि शिक्षा, स्वास्थ्य तथा वातावरण यूवा तथा खेलकुद महिला तथा बालबालिका क्षेत्रमा कार्य गर्दै आएको क्लवले यूवा लक्षित लागु औषध सचेतना कार्यक्रमको साथै खेलकुदको क्षेत्रमा फुटबल, ब्याटमिन्टन, खेलहरु पनि हरेक वर्ष गर्दै आएको वताएका थिए ।

राईजिङ्ग स्टार युथ क्लब र लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल विच मैत्रीपूर्ण उद्घाटन खेल सञ्चालन भएकोमा आयोजकले पहिलो खेल २५÷२२ र दोस्रो खेल २५÷२२को सेटमा जितेको थियो । प्रतियोगितात्मक खेलहरु भने विहिवार विहानदेखि सञ्चालन हुने भएका छन् । प्रतियोगिता संयोजक ईश्वर खत्रीले प्रतियोगितामा १५ टिमको सहभागिता रहेको वताए । खेलको बिजयी समूहले एक लाख ११ हजार एक सय ११, उप विजेता समूहले ५५ हजार पाँच सय ५५ र तृतीय हुने दुई समूहलाई १०÷१० हजार प्रदान गरिने छ भने अन्य उत्कृष्ट खेलाडीलाई विधा अनुसारको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा करीव आठ लाख खर्च लाग्ने र प्रायोजक ,सह प्रयोजक र सहयोगी संघ सस्थाबाट करीव १० लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ भने खेलबाट बचत भएको रकमलाई खेलकुदकै क्षेत्रमा खर्च गरिने क्लवको उदेस्य रहेको वताइएको छ । कार्यक्रम पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।