पोखरा, फागुन १
पोखरामा अत्याधुनिक हतियार एसएलआर राईफल फेला परेको छ । पोखराको फेवातालमा जाल हान्दा मु.वा.१११(बट)नम्बर बडी नम्बर १३८१० लेखिएको एसएलआर राईफल फेला परेको कास्की प्रहरीले जनाएको छ । हतियारसँगै सो राईफलमा प्रयोग हुने १८ राउण्ड गोलीसहितको एक थान म्यागजिन बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार पोखरा–१८ खपौंदीस्थित फेवातालमा जाल हान्दा अत्याधुनिक एलएलआर राईफल फेला परेको हो । ‘स्थानिय ४२ वर्षिय कुमार जलारीले हाल हानेर माछा मार्ने क्रममा राईफल जालमा परेको छ’कास्की प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।
राईफल फेला परेको सूचना आएलगत्तै गएको प्रदेश प्रहरी कार्यालय गण्डकी र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले राईफल बरामद गरेको उनले जानकारी दिए ।बरामद हतियार कसको हो भन्नेबारेमा अनुसन्धान चलिरहेको डिएसपी बस्नेतले बताए । भेरीफाई गर्ने प्रयास भइरहेको छ,उनले भने,‘प्रहरीको हो, सशस्त्र प्रहरीको हो वा नेपाली सेनाको ? हामी बुझ्ने प्रयास गरिरहेका छौं ।’ उनका अनुसार हतियार भण्डारणको अभिलेख शाखामा हतियारको रेकर्ड हुने भएकाले त्यहाँ बुझ्ने प्रयास भइरहेको छ । उनले जेनजी आन्दोलनमा लुटिएको हतियार भने नभएको बताए । यसै त भन्न सकिन्न,उनले भने,‘जेनजी आन्दोलनमा पनि यस प्रकारको हतियार त हराएको थियो, तर अहिलेसम्मको अवस्थामा जेनजी आन्दोलनमा लुटिएको हो भन्ने अवस्था देखिदैन ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






