जिल्ला प्रहरी कार्यालय, कास्कीमा एक महिनाको बिचमा मात्रै १ सय ७४ वटा मुद्धा दर्ता भएका छन् ।
अपराध दर्ता सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै प्रहरीले माघ महिनामा जघन्य तथा गम्भीर अपराधका ८ वटा,महिला, बालबालिका तथा जेष्ठ नागरिकसंग सम्बन्धित अपराध ४ वटा,आर्थिक अपराधका ८६ र अन्य अपराधका ७६ वटा गरी कुल १ सय ७४ मुद्दा दर्ता भएको जनाईएको छ । जसमा पक्राउ परेका चालु मुद्दाका प्रतिवादीको संख्या १ सय २ रहेको छ । जिलला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डि एस पि हरिबहादुर बस्नेतका अनुसार माघ महिनामा मात्रै २४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जसमा ६ जना महिला र १८ जना पुरुष छन् ।
त्यस्तै सामाजिक हिंसामा ठाडो उजुरी ६४ वटा परेका छन् । सामाजिक हिंसामा २६ देखि ३५ उमेर समुहका मात्रै ३१ वटा परेका छन् । प्रहरीका अनुसार यस अवधिमा १८ वटा घरेलु हिंसाका घटना भएका छन् । जस अन्र्तगत शारीरिक, मानसिक र आर्थिकका छन् । सबैभन्दा धेरै घटना पोखरा महानगरपालिकाका बिभिन्न वडामा भएको पाईएको छ । त्यस्तै माघ महिनाभरी कास्कीका बिभिन्न स्थानबाट ६२ जना हराएकोमा ४६ जना फेला परेको प्रहरीले जनाएको छ ।एक महिनाको अवधिमा प्रत्यक्ष निवेदनबाट ३ सय २४ वटा उजुरी परेको मध्ये १ सय ९ण् वटा फर्छ्यौट गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए ।
यस अवधिमा जिल्ला प्रशासन कार्यलयबाट प्राप्त १४ वटा उजुरी मध्ये सबै फर्छ्यौट भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






