सन्देश श्रेष्ठ
पोखरा, फागुन २
आयोजक सहारा क्लव पोखरा आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लवलाई सडन डेथको शिकार बनाउँदै सहारा सेमीफाइनलमा प्रवेश गरेको हो । सडन डेथको शिकार भएको पुलिस भने प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतिष्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटको समय १÷१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा पनि ४÷४ को स्थिति भएपछि खेल सडन डेथमा गएको थियो ।
पेनाल्टी सुटआउटमा सहाराका विनय तामाङ, विक्की चाम्लिङ राई, सिशास थापा र भागवत चौधरीले गोल गरे भने पुलिसका निरज खड्का, दशरथ गिरी, अमित टमाटा र सञ्जीव लामाले गोल गरे । पेनाल्टी सुटआउटमा सहाराका राम वाजीको प्रहार पुलिसका गोलकिपर टिकेन्द्र थापाले रोके भने पुलिसका गोलकिपर थापाले गरेको प्रहार बाहिरिदा खेल सडन डेथमा पुगेको थियो । पहिलो सडन डेथमा सहाराका प्रसन्न श्रेष्ठ र पुलिसका जोन विष्टले गोल गरेपछि दोस्रो सडन डेथमा खेल गएको थियो । जसमा सहाराले बाजी मारेको हो । दोस्रो सडन डेथमा सहाराका विदेशी खेलाडी टाय डिनियल बाडारुले गोल गरे । तर पुलिसका धिरेन्द्र साहले गरेको प्रहारमा सहाराका गोलकिपर बाधक बन्दा सहाराको सेमीफाइनल पुग्ने बाटो खुल्यो ।
त्यसअघि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको अतिरिक्त समय पनि खेल एक÷एकको बराबरीमा रोकिएको थियो । खेलको ४९ औं मिनेटमा पुलिसले गोलको खाता खोल्दै अग्रता बनाएको थियो । पुलिसका लागि राम वाजीले गोल गर्दै अग्रता बनाउन सफल भएका थिए । तर त्यो अग्रता धेरैबेर रहन सकेन । एक गोलले पछि परेको अवस्थामा आक्रामक रणनीति अप्नाएको सहाराले खेलको ६१ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । सहाराले पाएको पेनाल्टी अवसरमा मुकुन्दकुमार निउरेले सहजै जाली चुमाए ।
शनिबारको खेलमा सहाराका टिकेन्द्र थापा प्लयेर अफ द म्याच घोषित भए ।
सहारा क्लव पोखराको आयोजनामा भइरहेको आहा ! रारा पोखरा गोल्डकपको २५ औं संस्करण अन्तर्गत आईतबार दोस्रो क्र्वाटरफाईनल खेलमा जावलाखेल युथ क्लब र अपी पावर चर्च ब्वाईज युनाईटेड प्रतिष्पर्धामा उत्रिनेछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







