सहारा विद्यालयमा युके, हङकङ ,अष्ट्रेलिया र तमु धीँ युकेको टोलिलाई स्वागत


     एभरेस्ट आवाज    
     फागुन १० गते २०८२ मा प्रकाशित




पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयले सहारा यु.के, हङकङ,अष्ट्रेलिया लगायत तमु धिँ यु.केका पदाधिकारीहरुलाई स्वागत गरेको छ।

विद्यालयमा आयोजित कार्यक्रममा पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी,विद्यालयका अध्यक्ष विक्रम थकाली र प्रधानाध्यापक लोचना अधिकारीले सामूहिक रुपमा नवनिर्वाचित सहारा युकेका अध्यक्ष शारदा गुरुङ, हङकङका अध्यक्ष सरोज गुरुङ खम र अष्ट्रेलियाका अध्यक्ष सिद्दार्थ पौडेल सहितको टोलिलाई बधाई सहित स्वागत गरे ।पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले विदेशमा वस्नुहुने नेपालीहरुले देशको माया गरेर विभिन्न कार्यक्रमहरु लिएर आएकोमा खुसी व्यक्त गरे । त्यसैक्रममा नवनिर्वाचित तीनओटै क्लबका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विद्यालयको अभिभावकीय संस्था स्थानीय तह भएको हुँदा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा वडा सदैव साथमा रहेको बताए । विद्यालयका अध्यक्ष विक्रम थकालीले विद्यालयको निमन्त्रणा स्वीकार गरेकोमा धन्यवाद दिए । उनले विद्यालयमा आफ्नो नेतृत्वको अवधिमा साथ र सहयोग प्रदान गर्ने विभिन्‍न दाताहरुलाई स्मरण गर्दै नवनिर्वाचित तीनओटै क्लव र तमु धीँ युकेका पदाधिकारीहरुको सफल कार्यकालकको कामना गरे ।

त्यसैगरी सहारा युकेका नवनिर्वाचित अध्यक्ष शारदा गुरुङले विद्यालयमा दिवा छात्रावास सञ्चालन गरेकोमा वडालाई धन्यवाद व्यक्त गरे । ्गतवर्ष सहारा युकेले विद्यालयमा रू ३ लाख वरावरको पुस्तकालय स्थापना गरेको थियो ।सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्दार्थ पौडेलले फुटवलको माध्यमवाट विश्वमाझ परिचित सहारा क्लबको शाखाको जिम्मेवारीले आफूलाई अझ खेलक्षेत्रमा कामगर्ने प्रेरणा मिलेको बताए । सहारा क्लब हङकङका अध्यक्ष सरोज गुरुङले विक्रम थकालीको नेतृत्व विद्यालयले प्रगति गरेको देख्दा निकै खुशी लागेको बताए । तमु धीँ युकेका उपाध्यक्ष कमल गुरुङले आगमी दिनमा विद्यालयमा सहयोग गर्ने इच्छा रहेको बताउँदै, विद्यालयको समस्यालाई आफ्नो कमिटिमा राख्ने प्रतिवद्दता व्यक्त गरे साथै तमु धीँ एक जातिय संस्था नभई सामाजिक संस्था भएको वताए ।

सोहि क्रममा उनले विद्यालयका अध्यक्ष विक्रम थकाली मार्फत सहारा युके र सहारा क्लव पोखरासंग सम्वन्ध स्थापित भएको वताउँदै यस विद्यालयसंग पनि थकालीकै समन्वयमा जोडिएको वताए । कार्यक्रममा सहारा युके, तमु धीँ युके पदाधिकारीहरु शारदा गुरुङ, कृष्ण गुरुङ कृष, ल्याप्टेन कुसाङ गुरुङ, महेश गुरुङ, क्याप्टेन पिताम्वर गुरुङ, हरि कुमार श्रेष्ठ, चन्द्र बहादुर गुरुङ, वाचिस्पति रेग्मी तमु धीँ युकेका उपाध्यक्ष कमल गुरुङ, महेन्द्र गुरुङलगाएत पदाधिकारीहरुले नगद ५५ हजार रुपैया विद्यालयलाई सहयोग प्रदान गरे भने सहारा हङकङका अध्यक्ष सरोज गुरुङ खमले विद्यालयलाई र ५१ हजार रुपैया प्रदान गर्ने घोषणा गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रधानाध्यापक लोचना अधिकारी र संचालन शिक्षक सुदिप कोइरालाले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।