नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारहरुलाई लक्षित गरि डिजिटल युगमा साइबर जन्य अपराधका घटना चुनौतीको रुपमा रहेको बताएकी छन् ।
पत्रकार महासंघ कास्कीले आयोजना गरेको तिन दिने साइबर सुरक्षा सम्बन्धी तालिमको समापन गर्दै उनले पत्रकार स्वयम् साइबर जन्य अपराधबाट बच्न र आम नागरिकलाई समेत सचेत गराउन तालिमले प्रभावकारी भूमिका खेल्ने बताईन् । उनले डिजिटल सुरक्षाका बिषयमा सरकार पनि गम्भीर हुनुपर्नेमा जोड दिईन् ।अध्यक्ष शर्माले निर्वाचन आचारसंहिताको पालना गदैृ, नागरिकलाई सही सुचना सम्प्रेषण गर्न सुभलाव दिईन् ।नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल तालिमले पत्रकार स्वयम्लाई डिजिटल प्रविधि मार्फत हुने ठगी र सुरक्षा चुनौतीबाट बच्न टेवा पुग्ने बताए । सहभागीको तर्फबाट अनुभव सुनाउदै पत्रकार घनश्याम पाण्डे र रोशनी गुरुङले तालिमले साइबर सुरक्षा अपनाउनका लागि तालिम प्रभावकारी भएको बताए । आगामी दिनमा प्रयोगात्मक तबरले तालिम सञ्चालन गर्न उनीहरुको सुझाव छ ।
साइबर सुरक्षा सम्बन्धी सहजिकरण गर्दै साइबर सुरक्षा विज्ञ प्रमोद न्याछ्योंले विभिन्न साइबरजन्य हमलाका उदाहरण दिदै इन्टरनेमका माध्यमबाट हुने ह्याकिङ, डाटा चोरी, भाइरस आक्रमण, अनाधिकृत पहँुच जस्ता जोखिमबाट बच्ने प्रक्रिया र उपायबारे जानकारी दिए । तिन दिनसम्म सञ्चालन भएको तालिमको सहजिकरण गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सका उप प्राध्यापक ई सन्तोष पन्थ, बैकिंङ सम्बन्धी डिजिटल सुरक्षाका बारेमा नबिल बैंक गण्डकी प्रदेश प्रमुख हरि ढकाल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरिक्षक शीवा थापाले सहजिकरण गरेका थिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको तालिमको सञ्चालन सहसचिब मधु अधिकारीले गरेका थिए ।
प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको प्राविधिक सहयोगमा भएको तालिममा विभिन्न सञ्चारमाध्यममा आवद्घ ७५ जना पत्रकार एवं सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






