कास्की २ मा एमालेको विजयसँगै झन तेजिलो बनाउछौ–कास्की इन्चार्ज कृष्ण थापा


     एभरेस्ट आवाज    
     फागुन १३ गते २०८२ मा प्रकाशित




नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले आउँदो प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं.२ का एमाले उम्मेदवार रश्मि आचार्यको विजयले झन तेजिलो बनाउने बताएका छ्न् ।

एमालेको गढ उचो र झन बलियो बनाउनेमा स्वयं जनता र कार्यकर्ता लागिसकेको भन्दै थापाले जनसाथका अगाडि संसारको जुनसुकै शक्ति आए पनि एमालेलाई परास्त गर्न नसक्ने दाबी गरे । बुधबार पोखरा ९ मा उम्मेदवार आचार्यको मतदाता भेटघाट कार्यक्रमको अवसरमा कास्की इन्चार्ज समेत रहेका थापाले अहिलेको पोखरा महानगरको विकासको जग र आधार ‘श्रम सीप जुटाऔ,पोखरालाई उठाऔं’ भन्ने अभियान सहित आफ्नो नेतृत्वमा एमालेले शुरूवात गरेको उल्लेख गर्दै क्रमशः विकसित हुँदै गरेको पोखरा अब सभ्य र व्यवस्थित हुने बताए ।

व्यवस्थित पोखरा,सुन्दर पोखराको थप सबलिकरण र विकासका लागि केन्द्रीय तहमा नीति निर्माण सहित विकासको नेतृत्व युवा रश्मिले गर्ने गरि विजयको लागि तयारी गर्न थापाले आव्हान समेत गरे ।केन्द्रीय सदस्य प्रभा कोइरालाले अग्रगामी विचार र योजना दृष्टिकोण सहितको जुझारु युवा उम्मेदवार कास्की २ का मतदाताको रोजाईमा परिसकेको दाबी गर्दै विजयी हुनेमा कुनै आशंका नरहेको उल्लेख गरिन् ।सो अवसरमा उम्मेदवार आचार्यले मुलुकमा बढ्दो भ्रष्टाचार र कमजोर कार्यान्वयनका कारण विकास अभियान सुस्त भएको बताए ।

ऐन–कानुनको जटिल प्रक्रिया र प्रशासनिक ढिलासुस्तीले नागरिकले सहज रूपमा सेवा पाउन नसकेको उल्लेख गर्दै उनले सेवा प्रवाहलाई छरितो, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नवपुस्ताले उठाउँदै आएका पारदर्शिता, रोजगारी, उत्तरदायित्व र प्रभावकारी शासनका मुद्दालाई संसदमा सशक्त रूपमा उठाइने बताए । आवश्यक परे पुराना ऐन–कानुन परिमार्जन गरी समयानुकूल नयाँ कानुन निर्माणमार्फत विकास प्रक्रियालाई गति दिइने उनले स्पष्ट पारे ।

आचार्यले ’सुशासन नै समृद्धिको आधार’ भएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण, कानुनी सुधार र प्रभावकारी सेवा प्रवाहमार्फत कास्की–२ मा देखिने परिवर्तन ल्याउने दाबी गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।