फाइल तस्विर
गाउँ नगर मिडिया सेन्टर नेपालद्वारा रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना
१४ फागुन, पोखरा ।
गाउँ नगर मिडिया सेन्टर नेपालले रवीन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीको सातौं स्मृति दिवस अवसरमा संस्थाले सक्रिय पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने गरी उक्त पुरस्कार स्थापनाको घोषणा गरेको हो । पुरस्कारको नाम ‘रवीन्द्र स्मृति पत्रकारिता पुरस्कार’ रहनेछ । जसको राशि ११ हजार १११ रुपैयाँ र सम्मानपत्र रहेको छ ।
पुरस्कारका लागि हाल एक लाखको अक्षयकोष स्थापना गरिएको संस्थाका अध्यक्ष हरि बास्तोलाले जानकारी दिए । आगामी दिनलाई अक्षयकोष तथा पुरस्कार राशी बृद्धि गर्दै जाने उनले बताए ।
कास्कीका विभिन्न मिडियामा कार्यरत सक्रीय पत्रकारको सामाजिक संस्थाको रुपमा विगतमा उक्त संस्था स्थापना भएको थियो । संस्था स्थापनामा तत्कालिन पर्यटन मन्त्री अधिकारीले आर्थिक सहयोग गरेका थिए । हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका स्व. अधिकारीको फागुन १५ गते सातौं स्मृति दिवस मनाइदैछ ।
संस्थाले ग्रामीण पर्यटन तथा विकासमुलक समाचारलाई मिडियामा प्राथमिकताका साथ प्रकासन तथा प्रकासन गर्ने, पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, गोष्ठी, सेमिनार आयोजना गर्ने, पत्रकारको हकहित तथा प्रेस स्वतन्त्रताको पक्षमा सधै आवाज बुलन्द गर्ने मुल उद्देश्य बोकेको जनाएको छ ।
संस्थालाई आगामी दिनमा सक्रियता दिन पोखरामा छिट्टै बृहत् भेला आयोजना गरी अधिवेशन गर्ने निर्णय समेत गरेको महासचिव कृष्ण थापाले बताए । संस्थाले विभिन्न जिल्लास्तरमा पनि शाखा बिस्तार गर्दै अघि बढ्ने निर्णय पनि गरेको छ ।
संस्था आमसञ्चारको स्वतन्त्र साझा संस्थाको रूपमा सकृय हुने महासचिव थापाले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको पुरञ्चौर र हेम्जा जोड्ने सेती नदीमाथि मर्दि दोबिल्ला मोटरेबल पुल निर्माण…







