यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा होटल, रेष्टुरेण्ट र पार्टी प्यालेस भने निर्वाध रुपमा सञ्चालन हुने भएका छन् ।
देशभरका कुनै पनि स्थानमा होटल, रेष्टुरेण्ट र पार्टी प्यालेस संचालनमा कुनै बाधा नहुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए । तर, मदिरा र नशालु पदार्थको बिक्री वितरण गर्न भने नपाईने उनले जानकारी दिए । यदी कसैले मदिरा र नशालु पदार्थको बिक्री वितरण गरेको पाइएमा सम्बन्धित होटलका सञ्चालकदेखि व्यवस्थापकसम्मलाई पक्राउ गरी कानून बमोजिम कारबाही गरिने प्रवक्ता काफ्लेले बताए ।
निर्वाचन आयोगद्वारा जारी आचारसंहिता फागुन १५ गते रातिदेखि लागू भएकोले प्रतिबन्धित विषयको कार्यान्वयनमा देशभरका प्रहरी युनिट सक्रिय रहेको प्रवक्ता काफ्लेले बताए । तर, मदिरा पसल र मदिरा बिक्री गरिने अन्य पसल भने सञ्चालन गर्न दिइने छैन । सँगै मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थानमा हिँड्डुल गर्न नपाइने भएको छ ।होली पर्वका क्रममा सामाजिक र सांस्कृतिक परम्परा अनुसार मनाउन कुनै बाधा नभएको उनको भनाइ छ । तर, त्यसक्रममा भेला, भिड जम्मा पार्ने, स्टेज कार्यक्रम गर्नेजस्ता काममा रोक लगाइएको छ ।
विवाह, ब्रतबन्धसहित विभिन्न किसिमका धार्मिक तथा सामाजिक कार्यका लागि साइत भएका कारण होटल, रेष्टुरेण्ट तथा पार्टी प्यालेसलाई पूर्ण रुपमा बन्द गराउन नमिलेको प्रवक्ता काफ्लेले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






