इरानले गरेको आक्रमणमा परी युनाइटेड अरब इमिरेट्समा मारिने नेपालीको परिचय खुलेको छ ।
यूएईको अबुधाबीस्थित नेपाली दूतावासका अनुसार, आइतबार भएको घटनामा परी ज्यान गुमाउने एक जना नेपाली गोर्खाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन् । “अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत नेपाली नागरिक दिवस श्रेष्ठ, वर्ष २९, घर गोर्खा जिल्लाको दुःखद निधन भएको सम्बन्धमा युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,” नेपाली दूतावासले सोमबार जारी गरेको समवेदना सन्देशमा भनिएको छ । श्रेष्ठको निधनप्रति नेपाली दूतावासले दुःखसमेत व्यक्त गरेको छ । “परिस्थिति सहज भएपश्चात् स्व। श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता लैजाने लगायतका सम्पूर्ण कार्यमा सहजीकरण गर्न नेपाली राजदूतावास तत्पर रहेको व्यहोरा अनुरोध गरिन्छ,” नेपाली दूतावासले भनेको छ ।
यस संवेदनशील परिस्थितमा यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन तथा यूएई सरकारद्वारा जारी गरिएका सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूर्ण रूपमा पालना गर्नसमेत दूतावासले अनुरोध गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, मंसिर ७ पोखरामा बुधबारदेखि फेवा किङ्ग्स कप राष्ट्रिय आमन्त्रित पुरुष…







