सन्देश श्रेष्ठ
पोखरा, फागुन २४
कास्कीमा रास्वपा पहिलो दल बनेको छ । गत फागुन २१ गते भएको निर्वाचनको आज सम्पन्न मतगणनामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत प्राप्त गर्दै रास्वपा कास्कीमा सबैभन्दा ठूलो दल बनेको हो ।
कास्कीमा कुल १ लाख ९१ हजार ४ सय २५ मत खसेको थियो । जसमा रास्वपाले १ लाख १३ हजार ६ सय २८ मत प्राप्त गरेको छ । यो कुल खसेको मतको ५९.३५ प्रतिशत मत हो । रास्वपाले कास्की–१ मा ४१ हजार ३ सय ५६, कास्की–२ मा ३३ हजार ६ सय ५७ र कास्की–३ मा ३८ हजार ६ सय १५ मत प्राप्त गरेको छ ।

कास्कीमा नेपाली कांग्रेस २८ हजार ६ सय ५६ मत प्राप्त गरेर दोस्रो ठूलो दल बनेको छ । यो कुल खसेको मतको १४.९६ प्रतिशत हो । कांग्रेसले कास्की–१ मा १० हजार ७ सय ७८, कास्की–२ मा ६ हजार २ सय ७६ र कास्की–३ मा ११ हजार ६ सय २ मत प्राप्त गरेको छ । त्यस्तै, नेकपा एमाले २४ हजार १ सय ९९ मत प्राप्त गरेर तेस्रो भएको छ । यो कुल खसेको मतको १२.६४ प्रतिशत मत हो । एमालेले कास्की १ मा ९ हजार ५ सय ७५, कास्की २ मा ६ हजार २ सय ७७ र कास्की ३ मा ८ हजार ३ सय ४७ मत प्राप्त गरेको छ ।
राप्रपा ६ हजार ४ सय ६६ मत प्राप्त गर्दै चौथो ठूलो दल बनेको छ । उसले क्षेत्र नम्बर १ मा १ हजार ९ सय १८, क्षेत्र नम्बर २ मा २ हजार ३ सय ९७ र क्षेत्र नम्बर ३ मा २ हजार १ सय ५१ म्त प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ५ हजार ७ सय ६३ मत प्राप्त गरेर पाचौं ठूलो दल बनेको छ । यो खसेको मतको ३ प्रतिशत हो । नेकपाले क्षेत्र नम्बर १ मा २ हजार ६ सय ७५, क्षेत्र नम्बर २ मा १ हजार ३ सय १९ र क्षेत्र नम्बर ३ मा १ हजार ७ सय ६९ मत प्राप्त गरेको छ ।
श्रम संस्कृति पार्टीले ३ हजार ५ सय ६४, राष्ट्रिय परिवर्तन पार्टीले १ हजार ७२, प्रगतिशिल लोकतान्त्रिक पार्टीले ४६७ र मंगोल नेसनल अर्गनाइजेसनले ३९७ मत प्राप्त गरेका छन् ।
कास्कीमा ३ लाख ९ हजार ५ सय ६३ मतदाता रहेका छन् । जसमध्ये ६१.११ प्रतिशत अर्थात १ लाख ९१ हजार ४ सय २५ मत खसेको थियो । कास्कीमा ४ हजार ६ सय ९८ मत बदर भएको छ । यो बदर मत कुल मतको २.४५ प्रतिशत हो । बदर मतमध्ये क्षेत्र नम्बर–१ मा १ हजार ८ सय ५२, क्षेत्र नम्बर–२ मा १ हजार २ सय ८ र क्षेत्र नम्बर–३ मा १ हजार ६ सय ३८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बैशाख १८ फेवातालमा डुबेर एक बालकको मृत्यू भएको छ । पोखरा महानगरपालिका–१८…






