कलाकार महेश त्रिपाठी आफ्नै गाउँ कास्कीकोटमा सम्मानित


     एभरेस्ट आवाज    
     फागुन २९ गते २०८२ मा प्रकाशित




अहिलेका हिट कलाकार महेश त्रिपाठी आफ्नो जन्म गाउँ पोखराको कास्कीकोटमा सम्मानित भएका छन् ।

त्रिपाठीको अभिनय रहेको पछिल्लो चलचत्रि परानले बक्स अफिसमा ठुलो सफलता प्राप्त गरेको थियो । परानले देश विदेशमा सामाजिक परिवेशको वारेमा धेरैको मनसम्म छोएको चलचित्र हो । परानमा महेश त्रिपाठी र नीर शाहका संवादमा दर्शकहरु निकै रोएका थिए । झिङ्गे दाउ २ चलचित्र छायाँकन सकेर गाउँ फर्कीएका महेशलाई स्थानीयले सम्मान गरेका हुन । पोखरा २४ कास्कीकोटलाई देश तथा विदेशमा चिनाउन सफल भएको भन्दै स्थानीय मितेरी आमा समुहको आयोजनामा गाउँमा सम्मान गरेका हुन् ।

लामो समय देखि कलाकारितामा लागेका महेशलाई हल्कारा फिल्मबाट उत्कृष्ठ अभिनेताको अन्तराष्टीय अवार्ड समेत प्राप्त गरेका थिए भने केही समय अगाडी वेलायतमा आयोजना भएको फिल्म अवार्ड कार्यक्रम चलचित्र लाज शरणम्बाट जुरी अवार्ड पाएका थिए । महेश अभिनीत चलिचत्र ३६ को आकडा , क का की की , झिङ्गे दाउ २ प्रदर्शनको तयारीमा रहेका छन् भने अहिले उनी सिरजरा चलचित्रको सुटिङमा लागेका छन् । कार्यक्रममा कलाकार त्रिपाठीले सम्मानले गाउँ प्रतिको माया अझै प्रगाढ र धेरै समय पछि गाउँमा सबैसगँ भलाकुसारी गर्न पाउदा खुसी लागेको बताए ।

मितेरी आमा समुहकी अध्यक्ष जेनीशा परियारले अभिनयको माध्यमबाट समाज र राष्टको लागी त्रिपाठीले पुयाएको योग्दानको प्रशंसा गर्दै , कास्कीकोटको नाम विश्व माझ चिनाउँदा आफुहरुलाई पनि ठुलो खुसी मिलेको भन्दै आगामी दिनहरुमा पनि अझै प्रगीत हुदै गएको देख्न आफुहरुले चाहेको बताइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।