पोखरा —
जिल्ला प्रहरी कार्यालय कास्की ले सञ्चालन गरेको “अपरेशन ३६५” अभियान अन्तर्गत मोडिफाइड मोटरसाइकलविरुद्ध कडाइ गरिएको छ। अभियानकै क्रममा पोखराका विभिन्न स्थानबाट ठूलो आवाज निकाल्ने गरी परिमार्जन ९मोडिफाइ० गरिएका १० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, ध्वनि प्रदूषण फैलाउने तथा सर्वसाधारणलाई त्रास हुने खालका गतिविधि बढ्दै गएको गुनासो आएपछि विशेष निगरानी थालिएको हो। यही क्रममा कास्की प्रहरी तथा मातहतका वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले पोखरा–६ लेकसाइड क्षेत्रबाट ती मोटरसाइकल नियन्त्रणमा लिएको हो।
उक्त मोटरसाइकलसहित ६ जना चालकलाई पनि नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले सवारी साधनको मोडिफिकेसन नगरी मूल स्वरूपमै चलाउन तथा यस्ता गतिविधिमा संलग्न ग्यारेज, वर्कसप र प्राविधिकलाई समेत त्यस्ता कार्य नगर्न आग्रह गरेको छ। यदि सवारी साधन मोडिफाइ गरिएको अवस्थामा फेला परेमा सवारीधनी र संलग्न व्यक्तिविरुद्ध कानुनअनुसार कारबाही गरिने प्रहरीको चेतावनी छ।
प्रहरीले ध्वनि प्रदूषण र शान्ति सुरक्षामा असर पार्ने गतिविधि नियन्त्रणका लागि ‘अपरेशन ३६५’ अभियानलाई निरन्तरता दिने जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ११ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग…







