आमाको डे केयर मन्टेश्वरी स्कुलमा अभिभावक दिवस सम्पन्न


     एभरेस्ट आवाज    
     फागुन ३० गते २०८२ मा प्रकाशित




पोखरा १९ लामाचौरमा संचालित आमाको डे केयर मन्टेश्वरी स्कुलले बिबिध कार्यक्रमसहित अभिभावक दिवस मनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बालबालिकाको पहिलो विद्यालय भनेकै आफ्नै घर हुने र त्यसपछि मात्रै औपचारिक शिक्षाको आरम्भ विद्यालयबाट हुने बताए । उनले बालबालिकालाई अनुशासित र मर्यादित बनाउन मन्टेश्वरी शिक्षाको भुमिका महत्वपुर्ण रहेको बताए । पोखरा महानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवनप्रसाद रेग्मीले विद्यार्थीको जग राम्रो भए मात्र उनीहरु असल र सक्षम बन्न सक्ने बताए । विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य शिवराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।उनीहरुलाई प्रमुख अतिथी वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, शिक्षा अधिकृत जीवनप्रसाद रेग्मी, मन्टेश्वरी एसोसियशन कास्कीका अध्यक्ष रीतु पौडेल, कोषाध्यक्ष एवं पोखरा मन्टेश्वरीका प्रवन्धक थिरबहादुर थापा, अल्फा स्कुलका प्रिन्सिपल सुरेन्द्रमानसिंह भण्डारी, मन्टेश्वरीका प्रिन्सिपल जीवन आचार्य लगायतले पुरस्कार वितरण गरे ।

सो अवसरमा मन्टेश्वरी एसोसियशन कास्कीका अध्यक्ष रीतु पौडेल, कोषाध्यक्ष एवं पोखरा मन्टेश्वरीका प्रवन्धक थिरबहादुर थापा, अल्फा स्कुलका प्रिन्सिपल सुरेन्द्रमानसिंह भण्डारीले शैक्षिक गुणस्तरका लागि विद्यालयको एकल प्रयास मात्र संभव नहुने बताए । उनीहरुले अभिभावकको सकारात्मक भुमिकाले पनि शैक्षिक विकास संभव रहेको स्पष्ट पारे । कक्षा मन्टेश्वरी देखि ३ सम्म संचालित विद्यालयमा मन्टेश्वरीमा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको प्रिन्सिपल जीवन आचार्य बताए ।

विद्यार्थीले नेपाली लोकलय झल्कने खालका विविध सांस्कृतिक प्रस्तुती राखेको कार्यक्रममा विद्यार्थी समिक्षा बाँस्तोला,आयुस परियारले स्वागत र संचालन शिक्षक कल्पना खनालले गरेकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।