पोखरामा फोहोर संकलन पुनः सुरु, अवरोध नगर्न मेयर आचार्यको आग्रह


     एभरेस्ट आवाज    
     चैत्र १ गते २०८२ मा प्रकाशित




पोखरा। पोखरा महानगरपालिकाले हिजोदेखि फोहर संकलन कार्य पुनः सुरु गरेको जनाएको छ। महानगरपालिकाका मेयर धनराज आचार्यले नगरवासीलाई फोहर संकलन तथा बिसर्जन कार्यमा कुनै अवरोध नगर्न आग्रह गरेका छन्।

गर्मी तथा वर्षायाम सुरु भएसँगै विभिन्न महामारी फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नियमित रूपमा फोहर व्यवस्थापन आवश्यक भएको महानगरले जनाएको छ। मेयर आचार्यले नगर क्षेत्रको सरसफाइ कायम राख्न र स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सबै नगरवासीलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गरेका छन्।

महानगरपालिकाले फोहर संकलन कार्यलाई व्यवस्थित र निरन्तर सञ्चालन गर्न स्थानीयवासी, टोल विकास संस्था तथा सरोकारवाला सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।