लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी जलविद्युत् आयोजनाको ड्याममा एक वृद्ध मृतावस्थामा फेला परेका छन् ।
बेसीसहर नगरपालिका–११ चितिका ८७ वर्षीय धनबहादुर सिलवाल सो ड्याममा तैरिरहेको अवस्थामा प्रहरीले आइतबार राति फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताए । उनले भने, “मृतक धनबहादुरको छोरा दीपक सिलवालले शवको पहिचान गरेका छन् ।” मृतक सिलवाल गत माघ १७ गतेदेखि हराएको भनेर परिवारले प्रहरीलाई निवेदन परेको प्रहरी निरीक्षक पाण्डेको भनाइ छ । उनका अनुसार सो दिन घरबाट बेसीसहरमा सामाजिक सुरक्षा भत्ता लिन जाने भनेर निस्किएको र सो दिनको बेलुकासम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई निवेदन दिएको थियो ।
घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । धनबहादुरको शवपरीक्षणका लागि प्रदेश अस्पताल बेसीसहरमा राखिएको प्रहरीले जनाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बैशाख १९ पोखरा पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले विभिन्न…






